टिकटक र युटयुबरतिर मान्छे लाग्दा अराजकता बढ्यो : प्रधानमन्त्री « Khabarhub

टिकटक र युटयुबरतिर मान्छे लाग्दा अराजकता बढ्यो : प्रधानमन्त्री


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बौद्धिक विषयमा छलफल गर्नुको सट्टा मानिसहरू युट्युब र टिकटक तिर लागेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस तथा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको दोस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले याे बिषयलाई गम्भिरतापुर्वक लिएर हस्तक्षेप बढाउनु पर्ने जनाएका हुन ।

‘अहिले वैचारिक विषय र त्यस खालका लेख रचना तिर भन्दा सोसल मिडिया, युट्युब र टिकटकतिर लागेका छन्, त्यसले मानिसलाई क्षणिक उत्तेजना ल्याउने र त्यसैले समाजलाई अराजक बनाउने खतरा पैदा भएको छ, त्यस कारण विज्ञान प्रवृद्धीले विकास गरेका कुरालाई पनि हामीले सदुपयोग गरेर कसरी त्यसलाई निश्चित बिचार र मान्यतामा अघि बढाइएन भने सिङ्गै समाज नै दूषित हुने खतरा हुन्छ, यो कुरालाई हामी सबैले मनन गर्नुपर्छ,’ प्रधानमन्त्रीले भने । उनले सो विषयलाई गम्भिरतापुर्वक लिन पनि नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

उनले भने, ‘यस विषयमा बुद्धिजीवीहरूबाट हस्तक्षेप चलाउन जरुरी छ, बहस चलाउन जरुरी छ, लामो सङ्घर्षबाट आएका नेताहरूलाई तल्लोस्तरमा गाली गलौज गर्ने गरिँदै छ । यो अराजकता रोकिन जरुरी छ ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ५ : ४५ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा