टिकटक र युटयुबरतिर मान्छे लाग्दा अराजकता बढ्यो : प्रधानमन्त्री « Khabarhub

टिकटक र युटयुबरतिर मान्छे लाग्दा अराजकता बढ्यो : प्रधानमन्त्री


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बौद्धिक विषयमा छलफल गर्नुको सट्टा मानिसहरू युट्युब र टिकटक तिर लागेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस तथा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको दोस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले याे बिषयलाई गम्भिरतापुर्वक लिएर हस्तक्षेप बढाउनु पर्ने जनाएका हुन ।

‘अहिले वैचारिक विषय र त्यस खालका लेख रचना तिर भन्दा सोसल मिडिया, युट्युब र टिकटकतिर लागेका छन्, त्यसले मानिसलाई क्षणिक उत्तेजना ल्याउने र त्यसैले समाजलाई अराजक बनाउने खतरा पैदा भएको छ, त्यस कारण विज्ञान प्रवृद्धीले विकास गरेका कुरालाई पनि हामीले सदुपयोग गरेर कसरी त्यसलाई निश्चित बिचार र मान्यतामा अघि बढाइएन भने सिङ्गै समाज नै दूषित हुने खतरा हुन्छ, यो कुरालाई हामी सबैले मनन गर्नुपर्छ,’ प्रधानमन्त्रीले भने । उनले सो विषयलाई गम्भिरतापुर्वक लिन पनि नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

उनले भने, ‘यस विषयमा बुद्धिजीवीहरूबाट हस्तक्षेप चलाउन जरुरी छ, बहस चलाउन जरुरी छ, लामो सङ्घर्षबाट आएका नेताहरूलाई तल्लोस्तरमा गाली गलौज गर्ने गरिँदै छ । यो अराजकता रोकिन जरुरी छ ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ५ : ४५ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा