उपनिर्वाचनमा जसपाले बुथ लुट्ने तयारी गर्‍यो : सीके राउत « Khabarhub

उपनिर्वाचनमा जसपाले बुथ लुट्ने तयारी गर्‍यो : सीके राउत


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष सीके राउतले बारा २ मा आइतबार हुन लागेको उपनिर्वाचनमा जनता समाजवादी पार्टी जसपा नेपालले बुथ लुट्ने तयारी गरेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष राउतले बुथमा अनुगमनका लागि आउन सञ्चारकर्मीलाई पनि आग्रह गरेका छन् ।

खासगरी नेपाल–भारत सीमानासँगै नजिकै रहेका बुथहरू दिनदहाडै लुटिने गरेको उल्लेख गर्दै अध्यक्ष राउतले ती गाउँहरू अहिलेदेखि नै पनि कब्जामा रहेको बताएका छन् । जसपाका नेता र प्रहरी प्रशासनबीच साँठगाँठ रहेको बताउँदै अध्यक्ष राउतले फर्जी मतदानका लागि निर्वाचन अधिकारीहरु पनि मिलेको आरोप लगाएका छन् ।

‘खासगरी नेपाल–भारतको सीमानासँगै नजिकै रहेका बूथहरू दिनदहाडै लूटिने गरेका छन्। ती गाउँहरू अहिलेदेखि नै पनि कब्जामा छन्, प्रहरी प्रशासनलाई जसपाका नेताहरूले मिलाएर राखेका छन्, निर्वाचन अधिकारीहरूसँग मिलेर फर्जी मतदानको लागि तम्तयार छन्।’ उनले लेखेका छन् ।

उनले मतदान गरिने ठाउँहरुमा सेना परिचालन गर्न सरकरसँग माग गरेका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ७ : ०८ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार