नेपालमा पनि मनाइयो पृथ्वी दिवस « Khabarhub

नेपालमा पनि मनाइयो पृथ्वी दिवस


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पृथ्वी दिवस आज नेपाल पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसर पारेर आज ललितपुरमा साइकल ¥याली गरिएको थियो । नेपाल युएस एलमुनाइ नेटवर्क (नुसान) र इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो इकोनमिक रिसर्च (आइएसएसआर)को संयुक्त आयोजनामा ललितपुरको पाटन दरबार क्षेत्रदेखि लुभुको महालक्ष्मी मन्दिरसम्म साइकल ¥याली गरिएको थियो ।

¥यालीको शुभारम्भमा बोल्दै नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन थम्पसनले कार्यक्रममार्फत नेपाली समुदायसँग सहकार्य गर्न पाएकामा खुसी लागेको बताए । “नेपाल प्राकृतिक हिसाबले राम्रो देश हो, यो साइकलयात्रा कार्यक्रम गरेको राम्रो हो, वातावरण संरक्षणका लागि विश्वका सबै देशले यस्ता कार्यलाई प्राथमिकता दिनुपर्छ, सबै देशका नागरिक, देश र विश्वकै वातावरणका लागि महत्वपूर्ण छ”, राजदूत थम्पसनले भने । उनले महालक्ष्मी नगरपालिका–८ को स्वास्थ्यचौकी परिसरमा वृक्षरोपणसमेत गरेका थिए ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले साइकल ¥यालीले ‘स्मार्ट सिटी’ बनाउने महानगरको अभियानलाई सहयोग पुग्ने बताए। “ललितपुर महानगरलाई स्मार्ट सिटी बनाउने अभियानअन्तर्गत नेपालमा पहिलोपटक हामीले साइकल लेन बनाएका छौँ, अहिलेसम्म हामीले ३२ दशमलव पाँच किमी साइकल लेन बनाइसकेका छौँ, साइकल ¥याली हुनु खुसीको कुरा हो”, प्रमुख महर्जनले भने, “साइकल चढ्नु स्वास्थ्यका लागि पनि राम्रो छ, यस्ता कार्यक्रमले हाम्रो कामलाई पनि सहयोग मिलेको छ ।” उनले साइकलको प्रयोगबाट पेट्रोलियम पदार्थलाई विस्थापित गर्न र आर्थिक बचतका लागि समेत सहयोग पुग्ने बताए।

अमेरिकी राजदूतावसको सहयोगमा नुसान र आइएसएसआरको संयुक्त कार्यक्रमका लागि ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकाले समन्वय गरेका हुन् । आज विश्वभर विभिन्न कार्यक्रमका साथ पृथ्वी दिवस मनाएको छ । हरेक २२ अप्रिलका दिन १९२ भन्दा बढी राष्ट्रमा पृथ्वी दिवस मनाइन्छ । पृथ्वीको पर्यावरणका बारेमा प्रशंसा र जागरूकतालाई प्रेरित गर्न निर्धारण गरिएको यो एउटा महत्वपूर्ण दिवस हो ।

सन् १९६९ अमेरिकाको सान फ्रान्सिस्कोमा युनेस्कोको सम्मेलनमा शान्ति कार्यकर्ता जोन म्याक कोनेलले १९७० मा उत्तरी गोलार्धको वसन्त ऋतुको पहिलो दिन मार्च २१ बाट मनाउने गरी पृथ्वीको सम्मान तथा शान्तिको अवधारणाका लागि एक दिनको माग गरेका थिए । पछि अमेरिकी सिनेटर गेलर्ड नेल्सनले सन् १९७० मा पर्यावरण शिक्षाका रूपमा एक छुट्टै पृथ्वी दिवसको सुरुआत गरे । त्यस दिनदेखि आजसम्म प्रत्येक वर्षको अप्रिल २२ तारिखका दिन संसारभर विश्व पृथ्वी दिवस मनाउन थालिएको हो ।

सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी सम्मेलनले पृथ्वी दिवसको आवश्यकतालाई अझ धेरै प्रेरणात्मक सहयोग पु¥याएको थियो । त्यसपछि, सन् २००९ मा राष्ट्र सङ्घको ६३औँ महासभा बैठकले अप्रिल २२ को दिनलाई विश्व पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेको हो ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  १० : ०० बजे

खेल ओझेलमा, उमेर चर्चामा

काठमाडौं – पोर्चुगिच स्टार स्टाइकर क्रिस्टियानो रोनाल्डोले प्राप्त गर्न नसकेको

अमेरिका-इरान प्रारम्भिक वार्ता स्विट्जरल्याण्डमा हुने

एजेन्सी– अमेरिका र इरानबीच भएको युद्धविरामपछि प्रारम्भिक चरणको प्रत्यक्ष वार्ता

नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को

रास्वपा विधान : दुई महामन्त्री रहने, पदाधिकारीमा दुई महिला अनिवार्य

काठमाडौं– तीन दिनपछि चितवनमा महाधिवेशन गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको

बन्न नसकेको पोखरा बसपार्कमा महानगरको डोजर

काठमाडौं– पोखरा महानगरपालिका वडा नम्बर ९ मा विगत लामो समयदेखि