बलात्कार पछि हत्या गरी फरार २ जना १६ वर्ष पछि पक्राउ « Khabarhub

बलात्कार पछि हत्या गरी फरार २ जना १६ वर्ष पछि पक्राउ


८ जेष्ठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

सुनसरी – १६ वर्ष अघि बलात्कार पछि हत्या गरेर फरार भएका दुई जना पक्राउ परेका छन्।

धरान उपमहानगरपालिका–१२ की २५ वर्षीया ललिता राईलाई बलात्कार पछि हत्या गरेर फरार रहेका दुई जना पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा धनकुटा शहिदभुमी गाउँपालिका–१ का ५६ वर्षीय चन्द्रबहादुर राई र ४४ वर्षीय कल्पन राई रहेका छन्।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लका अनुसार शहिदभुमी गाउँपालिकाबाट पक्राउ गरी उनीहरूलाई जिल्ला अदालत सुनसरीमा म्याद थपका लागि लगिएको थियो। जसअनुसार १० दिनको म्याद थप गरी उनीहरू माथि अनुसन्धान अगाडी बढाइएको मल्लले जानकारी दिए। उनका अनुसार पक्राउ पर्ने बित्तिकै दुवै जनाले आफूले गरेको सो अपराध स्वीकार गरेका छन्।

गत २०६४ मंसिर २३ गते धरानको बलभद्रेश्वर अरुणोदय धर्मशालामा लगी ललितालाई पालैपालो बलात्कार गरेको तर ललिता चिच्याउन थाले पछि पोल खुल्ने डरले हत्या गरेर फरार भएको दुवै जनाले स्वीकार गरेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार  ८ : ३१ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको