सामूहिक बलात्कार आरोपमा दुई युवक पक्राउ « Khabarhub

सामूहिक बलात्कार आरोपमा दुई युवक पक्राउ


८ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

बर्दिया– एक किशोरीमाथी सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले बर्दियाबाट दुई युवकलाई पक्राउ गरेको छ ।

१८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ठाकुरबाबा नगरपालिका(६ बस्ने २४ वर्षीय विनोद परियार र सोही ठाउँका २० वर्षीय नमराज परियारलाई पक्राउ गरेको हो ।

उनीहरूले किशोरी घरमा बसिरहेको अवस्थामा आइतबार घुम्न जाने भन्दै जबर्जस्ती मोटरसाइकलमा राखेर ठाकुरबाबा नगरपालिका(७ स्थित सामुदायिक वनमा लगेर बलात्कार गरी फरार भएका प्रहरीले जनाएको छ ।

आरोपी दुवैजनालाई इलाका प्रहरी कार्यालय बगनाह भुरीगाउँबाट खटिएको प्रहरी टोलीले उनीहरूकै गाउँबाट पक्राउ गरेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिए । आरोपी दुवैलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको सूचना अधिकारी बोहराको भनाइ छ ।

प्रकाशित मिति : ८ जेठ २०८०, सोमबार  ५ : ३९ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन