सामूहिक बलात्कार आरोपमा दुई युवक पक्राउ « Khabarhub

सामूहिक बलात्कार आरोपमा दुई युवक पक्राउ


८ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

बर्दिया– एक किशोरीमाथी सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले बर्दियाबाट दुई युवकलाई पक्राउ गरेको छ ।

१८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ठाकुरबाबा नगरपालिका(६ बस्ने २४ वर्षीय विनोद परियार र सोही ठाउँका २० वर्षीय नमराज परियारलाई पक्राउ गरेको हो ।

उनीहरूले किशोरी घरमा बसिरहेको अवस्थामा आइतबार घुम्न जाने भन्दै जबर्जस्ती मोटरसाइकलमा राखेर ठाकुरबाबा नगरपालिका(७ स्थित सामुदायिक वनमा लगेर बलात्कार गरी फरार भएका प्रहरीले जनाएको छ ।

आरोपी दुवैजनालाई इलाका प्रहरी कार्यालय बगनाह भुरीगाउँबाट खटिएको प्रहरी टोलीले उनीहरूकै गाउँबाट पक्राउ गरेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिए । आरोपी दुवैलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको सूचना अधिकारी बोहराको भनाइ छ ।

प्रकाशित मिति : ८ जेठ २०८०, सोमबार  ५ : ३९ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी