अवैध लागूऔषधहसहित दुई जना पक्राउ  « Khabarhub

अवैध लागूऔषधहसहित दुई जना पक्राउ 


८ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अवैध लागूऔषधहसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङको पर्वत फलेवास नगरपालिका १० बस्ने ३४ वर्षीय राज कुमार क्षेत्री रहेका छन् ।

उनलाई बेनिघाट रोराङ गाउँपालिका ९ मझिमटारबाट अवैध लागूऔषध गाँजा ४ किलो १ सय १० ग्रामसहित  सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बा.२ ख १४१० नम्बरको हाइसलाई जाँच गर्ने क्रममा हाइसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

त्यसैगरी, पर्साको वीरगन्ज महानगरपालिका १६ रजतजयन्ती चोकबाट नियन्त्रित लागूऔषध फेनारगन २९ एम्पुल, डाइजेपाम २९ एम्पुल र नुर्फिन २९ एम्पुलसहित मकवानपुर हेटौँडा उपमहानगरपालिका १३ पदमपोखरी बस्ने २७ वर्षीय गोबिन्द लोप्चनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी ईनार्वा र लागूऔषध नियन्त्रण व्यूरो पर्साबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले  जनाएको छ ।

प्रकाशित मिति : ८ जेठ २०८०, सोमबार  ७ : ०० बजे

काभा च्याम्पियनसिप : आज नेपाल र बंगलादेश खेल्ने

काठमाडौँ– पाकिस्तानको इस्लामावादमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्यम्पियनसिपमा

भानुभक्तको सालिक तोडफोड गरेको आरोपमा एक व्यक्ति पक्राउ

काठमाडौँ– लमजुङमा भानुभक्त आचार्यको सालिक तोडफोड गर्ने एक व्यक्तिलाई प्रहरीले

विश्वकप लिग-२ : तेस्रो खेलमा सोमबार नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

काँकडभिट्टा–लौकही सडक धमाधम विस्तार गरिँदै

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गतको काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति कार्यले पछिल्लो

बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– वर्षापछिको बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग