अवैध लागूऔषधहसहित दुई जना पक्राउ  « Khabarhub

अवैध लागूऔषधहसहित दुई जना पक्राउ 


८ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अवैध लागूऔषधहसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङको पर्वत फलेवास नगरपालिका १० बस्ने ३४ वर्षीय राज कुमार क्षेत्री रहेका छन् ।

उनलाई बेनिघाट रोराङ गाउँपालिका ९ मझिमटारबाट अवैध लागूऔषध गाँजा ४ किलो १ सय १० ग्रामसहित  सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बा.२ ख १४१० नम्बरको हाइसलाई जाँच गर्ने क्रममा हाइसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

त्यसैगरी, पर्साको वीरगन्ज महानगरपालिका १६ रजतजयन्ती चोकबाट नियन्त्रित लागूऔषध फेनारगन २९ एम्पुल, डाइजेपाम २९ एम्पुल र नुर्फिन २९ एम्पुलसहित मकवानपुर हेटौँडा उपमहानगरपालिका १३ पदमपोखरी बस्ने २७ वर्षीय गोबिन्द लोप्चनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी ईनार्वा र लागूऔषध नियन्त्रण व्यूरो पर्साबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले  जनाएको छ ।

प्रकाशित मिति : ८ जेठ २०८०, सोमबार  ७ : ०० बजे

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त