सांस्कृतिक संस्थानद्वारा विभिन्न स्रष्टालाई सम्मान  « Khabarhub

सांस्कृतिक संस्थानद्वारा विभिन्न स्रष्टालाई सम्मान 


७ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)ले ५१ औं वार्षिक उत्सव पारेर विभिन्न स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

हालै आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले गायक, संगीतकार तथा साहित्यकार गणेश रसिकलाई ५१ हजार रुपैयाँ, दोसल्ला र ताम्रपत्रका साथ ‘सांस्कृतिक संस्थान दीर्घ साधना सम्मान २०८०’ बाट सम्मान गरे । 

उनलाई सांस्कृतिक संस्थानमा महाप्रबन्धकको रुपमा रहेर सेवासँगै आजीवन नेपाली संगीत क्षेत्रमा योगदान पुर्‍याएकाले दीर्घ साधना सम्मानबाट सम्मानित गरिएको संस्थानका महाप्रबन्धक अशोकप्यासी राईले बताए ।

कार्यक्रममा ‘सांस्कृतिक संस्थान राष्ट्रिय संगीत पुरस्कार २०८०’बाट गायक, संगीतकार तथा नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राई, ‘सांस्कृतिक संस्थान राष्ट्रिय नृत्य पुरस्कार २०८०’बाट नृत्य कलाकार विमला श्रेष्ठ क्षत्री र ‘सांस्कृतिक संस्थान राष्ट्रिय नाट्य पुरस्कार २०८०’ बाट अभिनेत्री सुष्मा शाही पुरस्कृत भएका छन् । उनीहरूले जनही ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । 

वर्षको ‘सांस्कृतिक संस्थान उत्कृष्ट कर्मचारी पुरस्कार २०८०’ नृत्य निर्देशक केशवराज राईलाई प्रदान गरियो ।

सभामुख घिमिरेले देशभरका लोक संगीत, लोक नृत्य र लोक संस्कृतिलाई एउटै मालामा गाँसेर प्रस्तुतसँगै संरक्षण गर्ने काममा सांस्कृतिक संस्थानको ठूलो योगदान रहेको बताए ।

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार  ७ : ४६ बजे

एआई फर गुड ग्लोबल समिटमा भाग लिने नेपाली विद्यार्थी टोलीद्वारा सञ्चारमन्त्रीसँग भेट

काठमाडौं– संयुक्त राष्ट्रसंघीय एजेन्सी अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियु) ले यहि जुलाई

भेनेजुएला भूकम्प : आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको सकुशल उद्धार

काटिया ला मार- भेनेजुएलामा विनाशकारी दुई भूकम्पको आठ दिनसम्म भग्नावशेषमा

बालेनले गरे सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, टियुमा डा. भोला थापा, अरुमा को ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सात विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन्

बर्डफ्लु सङ्क्रमण : कुखुराको मासु र अण्डा पकाएर खान सुरक्षित छ ?

चितवन– कुखुराको मासु र अण्डा पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित

गोल्फुटार बैठकको निष्कर्ष- एकताको महाधिवेशनका सम्भावनाहरू क्षीण भएर गए

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले अहिलेको अवस्थामा एकताको महाधिवेशनका