ऐतिहासिक सम्पदाको संरक्षणमा म्याग्दीका स्थानीय तह « Khabarhub

ऐतिहासिक सम्पदाको संरक्षणमा म्याग्दीका स्थानीय तह


७ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलेश्वर– म्याग्दीमा रहेका तीन सय वर्ष भन्दा पुराना देवल, ऐतिहासिकस्थल र प्राचीन सम्पदाको संरक्षण गर्न थालिएको छ । यहाँका स्थानीय तहले धार्मिक तथा ऐतिहासिक महत्वका देवल, ऐतिहासिकस्थल र प्राचीन सम्पदाको मर्मतसम्भार गरेर संरक्षण गर्न थालेका हुन् ।

सदरमुकाम बेनीलगायत जिल्लाका छ वटै स्थानीय तहमा रहेका पुरातात्विक तथा शिखरशैलीका देवल र प्राचीन सम्पदा प्रचारप्रसार र संरक्षणको अभावमा नासिँदै जान थालेपछि स्थानीय तहले मर्मत गरी संरक्षण गर्न थालेका हुन् । लोप हुने अवस्थामा पुगेका र ओझेलमा परेका त्यस्ता सम्पदाको संरक्षण र पुननिर्माण हुन थालेपछि स्थानीय हर्षित भएका छन् ।

जिल्लाका ताकमकोत, ज्यामरुककोट, घतान, पुलाचौर, राखु भगवतीलगायत स्थानमा रहेका कैयौँ प्राचीन देवल र सम्पदाको संरक्षण र प्रचारप्रसारमा स्थानीय निकायले काम गर्न थालेपछि स्थानीय खुसी भएका छन् । 

‘बेनीबजारमा रहेका कोत मन्दिर, बेनी शिवालय मन्दिर र बालमुक्तेश्वर महादेवको देवल तीन सय वर्ष पुराना ऐतिहासिक विरासतका धरोहर हुन्’, स्थानीय नैनकुमार श्रेष्ठले भने । पुराना प्राचीन सम्पदाको बारेमा नयाँ पुस्ता अनभिज्ञ रहेकाले यिनको संरक्षण गरी नयाँ पुस्तालाई जानकारी दिनुपर्ने उनको भनाइ थियो ।

ऐतिहासिक धरोधरको संरक्षण र प्रचारप्रसारमा नगरपालिका र वडा कार्यालय सक्रिय रहेको बेनी नगरपालिका–७ का वडाअध्यक्ष रमेशकुमार श्रेष्ठले बताए। उनका अनुसार विसं १७५४ मा तत्कालीन पर्वते राजा बलेबम मल्लले निर्माण गर्न लगाएका यी देवल पाञ्चायन शैलीमा निर्माण गरिएका छन् । पुराना इँटाबाट निर्मित यी मन्दिरमा शिवलिङ्ग, नारायण, गणेश र भगवतीका मूर्ति छन् । 

‘बेनी बजारको सबैभन्दा पुरानो मानिएको बालमुक्तेश्वर मन्दिरको अस्तित्व नामेट हुँदै जान थालेको थियो । नगरपालिकाले प्राचीन सम्पदाको सूचीमा राखेपछि बल्ल यसको संरक्षण हुने भएको छ’, स्थानीय अविरकुमार श्रेष्ठले भने। बजार विस्तार हुने क्रम बढेसँगै आधुनिक र ठूला घर निर्माण हुँदा बालमुक्तेश्वर मन्दिर छोपिएको उनले बताए । 

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार  १२ : ४१ बजे

सुनसरीमा रुखले च्यापिएर महिलाको मृत्यु

सुनसरी – सुनसरीमा आज रुख ढलेर च्यापिँदा बर्जु गाउँपालिकामा एक

मनास्लु हिमपहिरो पुरिएर नेपाली गाइडसहित दुई जनाको मृत्यु

काठमाडौं – मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइडसहित दुई जनाको

पुवाखोलामा बेलिब्रिज निर्माण

इलाम – इलाम सदमुकामदेखि झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो

हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

तेहरान – तेहरानले मध्यस्थकर्तामार्फत वासिङ्टनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका

बादलले तयार पारेको प्रतिवेदन ग्रहण गर्ने एमाले सचिवालय बैठकको निर्णय

काठमाडौं- नेकपा एमाले सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ द्वारा