आईसीसी विश्वकप छनोट : वेस्ट इन्डिजविरुद्ध नेपाल बलिङ गर्दै « Khabarhub

आईसीसी विश्वकप छनोट : वेस्ट इन्डिजविरुद्ध नेपाल बलिङ गर्दै


७ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपाल र वेस्ट इन्डिजबीचको खेल सुरु भएको छ । 

जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा जारी खेलमा टस जितेर नेपालले बलिङ रोजेपछि वेस्ट इन्डिजले ब्याटिङ गरिरहेको छ ।

प्रतियोगितामा आफ्नो तेस्रो खेल खेलिरहेको नेपाल वेस्ट इन्डिजलाई हराएर दोस्रो जित निकाल्ने योजनाका साथ मैदानमा उत्रिएको छ ।

नेपाल यसअघिको पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई हराउँदै विजयी भएको थियो ।

एकदिवसीय वरियतामा वेस्ट इन्डिज १०औँ स्थानमा छ भने नेपाल १४औँ स्थानमा छ ।

यसैगरी समूह ‘ए’ को जिम्बावे चार अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा छ । त्यस्तै वेस्ट इन्डिज अङ्क तालिकाको दोस्रो स्थानमा रहँदा नेपाल तेस्रो स्थानमा छ । 

वेस्ट इन्डिज र नेपालले समान दुई अङ्क जोडेका छन् । त्यस्तै अमेरिका चौथो स्थानमा छ भने नेदरल्याण्ड्स पाँचौँ स्थानमा छ ।

प्रतियोगिताको समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई), श्रीलङ्का, ओमान, आयरल्यान्ड र स्कटल्यान्ड रहेका छन् ।  

सुपर सिक्समा दुवै समूहका शीर्ष तीन–तीन टोलीले स्थान बनाउने छन् । सुपर सिक्सबाट शीर्ष दुई स्थानभित्र रहने टोलीले फाइनल खेल्दै आगामी अक्टोबर–नोभेम्बरमा भारतमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेट खेल्न पाउनेछन् ।

दुई पटकको एकदिवसीय विश्वकप च्याम्पियन वेष्ट इन्डिजसँग नेपालको यो पहिलो खेल हो ।

नेपालले समूह चरणको अन्तिम खेल असार ९ गते नेदरल्यान्डसँग खेल्नेछ ।

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार  १ : ०१ बजे

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई