आईसीसी विश्वकप छनोट : वेस्ट इन्डिजविरुद्ध नेपाल बलिङ गर्दै | Khabarhub Khabarhub

आईसीसी विश्वकप छनोट : वेस्ट इन्डिजविरुद्ध नेपाल बलिङ गर्दै


७ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपाल र वेस्ट इन्डिजबीचको खेल सुरु भएको छ । 

जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा जारी खेलमा टस जितेर नेपालले बलिङ रोजेपछि वेस्ट इन्डिजले ब्याटिङ गरिरहेको छ ।

प्रतियोगितामा आफ्नो तेस्रो खेल खेलिरहेको नेपाल वेस्ट इन्डिजलाई हराएर दोस्रो जित निकाल्ने योजनाका साथ मैदानमा उत्रिएको छ ।

नेपाल यसअघिको पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई हराउँदै विजयी भएको थियो ।

एकदिवसीय वरियतामा वेस्ट इन्डिज १०औँ स्थानमा छ भने नेपाल १४औँ स्थानमा छ ।

यसैगरी समूह ‘ए’ को जिम्बावे चार अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा छ । त्यस्तै वेस्ट इन्डिज अङ्क तालिकाको दोस्रो स्थानमा रहँदा नेपाल तेस्रो स्थानमा छ । 

वेस्ट इन्डिज र नेपालले समान दुई अङ्क जोडेका छन् । त्यस्तै अमेरिका चौथो स्थानमा छ भने नेदरल्याण्ड्स पाँचौँ स्थानमा छ ।

प्रतियोगिताको समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई), श्रीलङ्का, ओमान, आयरल्यान्ड र स्कटल्यान्ड रहेका छन् ।  

सुपर सिक्समा दुवै समूहका शीर्ष तीन–तीन टोलीले स्थान बनाउने छन् । सुपर सिक्सबाट शीर्ष दुई स्थानभित्र रहने टोलीले फाइनल खेल्दै आगामी अक्टोबर–नोभेम्बरमा भारतमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेट खेल्न पाउनेछन् ।

दुई पटकको एकदिवसीय विश्वकप च्याम्पियन वेष्ट इन्डिजसँग नेपालको यो पहिलो खेल हो ।

नेपालले समूह चरणको अन्तिम खेल असार ९ गते नेदरल्यान्डसँग खेल्नेछ ।

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार  १ : ०१ बजे

रेसुङ्गामा हावाबाट ऊर्जा परियोजना स्थापना गर्ने तयारी

गुल्मी– रेसुङ्गा नगरपालिका–७ मा १०० किलोवाट क्षमताको हावाबाट ऊर्जा परियोजना

जलवायु परिवर्तनले नेपालीको स्वास्थ्यमा पारेको प्रभावलाई अन्तर्राष्ट्रिय मुद्दा बनाउने घोषणा

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बोआओ फोरम अन्तर्गतको एसिया स्वास्थ्य

‘सरकार ! अहिराजका गुन्डाबाट सुरक्षा पाऊँ’

काठमाडौं– मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) बलात्कार आरोपमा हिरासतमा

कौसीमा ‘ड्रागन फ्रुट’ खेती : वार्षिक आठ लाख आम्दानी

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–९ निवासी सीता जिसी राउतले

गाजामा भोकमरी चरममा : झन्डै एक तिहाइ जनसङ्ख्या भोकमरीमा

जेरुसलेम- युद्धले तहसनहस बनाएको गाजामा झन्डै एक तिहाइ जनसंख्या धेरै