वेस्ट इन्डिजसँग नेपाल एक सय एक रनले पराजित | Khabarhub Khabarhub

वेस्ट इन्डिजसँग नेपाल एक सय एक रनले पराजित


७ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी एकदिवसीय विश्वकप छनोटमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ । बिहीबार जिम्बावेको हरारेमा भएको खेलमा नेपाल वेस्टइन्डिजसँग १०१ रनले पराजित भएको हो ।

तीन सय ४० रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपाल ४९ ओभर ४ बलमा २३८ रनमा अलआउट भयो ।नेपालका लागि आरिफ शेखले अर्धशतक बनाए । उनले ९३ बलमा ६३ रन बनाए । त्यस्तै गुलशन झाले ४२, कप्तान रोहित पौडेलले ३० , आशिफ शेखले २८, दीपेन्द्रसिंह ऐरीले २३ रनको योगदान गरे । भने करण केसीले २७ रनमा २८ रनको योगदान गरे । त्यस्तै कुशल भुर्तेलले ५, भीम सार्कीले २, कुशल मल्लले २ रन बनाए ।

वेस्ट इन्डिजका लागि ज्यासन होल्डरले ३, अलजेरी जोशेफले दुई विकेट लिए ।

त्यसअघि जिम्बावेको हरारे स्पोट्र्स क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै तीन सय ३९ रनको योगफल बनायो । उसका लागि कप्तान शाई होप र निकोलस पुरनले सतक प्रहार गरे ।

कप्तान होपले सर्वाधिक एक सय ३२ रनको योगदान दिए । उनले एक सय २९ बल खेल्दै १० चौका र तीन छक्का प्रहार गर्दै एक सय ३२ रनको योगदान दिएका हुन ।

त्यस्तै निकोलस पुरनले एक सय १५ रन बनाए । उनले ९४ बलमा १० चौका र चार छक्कासहित एक सय १५ रनको योगफल बनाएका हुन् । चौथो विकेटका लागि पुरन र होपले दुई सय १६ रनको दोहोरो शतकीय साझेदारी गरेका थिए ।

ब्रेन्डन किङ्गले ३२ रन जोडे । उनले ४२ बल खेल्दै दुई चौका र दुई छक्काको मद्दतमा ३२ रन बनाएका हुन् । यस्तै रोभम्यान पावेलले २९ रन बनाए । उनले १४ बल खेल्दै तीन चौका र एक छक्का प्रहार गर्दै २९ रन बनाएका हुन् । वेस्ट इन्डिजका सुरुआती व्याट्सम्यान कायल मेयर्सलाई एक रनमा आउट भए भने जासोन होल्डरले अविजित १६ रन बनाए ।

बलिङतर्फ नेपालका ललित राजबंशीले तीन विकेट लिए भने करण केसी, गुलशन झा, सन्दिप लामिछाने र दीपेन्द्रसिह एरीले समान एक(एक विकेट लिए । नेपाललाई उक्त प्रतियोगिताको सुपर सिक्समा पुग्नको लागि वेस्ट इन्डिजविरुद्धको खेल जित्नै पर्ने दबाब रहेको छ ।

यसअघि भएको पहिलो खेलमा नेपाल जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले अमेरिकालाई छ विकेटले हराएको थियो । नेपालले अब नेदरल्याण्ड्सविरुद्ध खेल्ने छ ।

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार  ८ : ४४ बजे

गरिबीमा उध्याएको कलमले मच्चाएको तहल्का

प्रतिभाशाली योग्य र विद्वान हुन ठूलो कुल, वंश र धनी

‘नेकेड एक्सप्रेस’ : विश्वभर फैलाउन खोजिएको एउटा नेपाली ब्राण्ड !

काठमाडौं – बजारमा अहिले कपडाका अन्तर्राष्ट्रिय ब्राण्डबीच तीव्र प्रतिस्पर्धा छ

‘लागुऔषध नियन्त्रणमा आमाहरू’ कार्यक्रम सञ्चालन

झापा– जिल्ला प्रहरी कार्यालय झापाले ‘लागुऔषध नियन्त्रणमा आमाहरु’ कार्यक्रम सञ्चालन

दक्ष सर्प उद्दारकर्ता (फोटो फिचर)

काठमाडौं – दक्षिणकाली नगरपालिका बस्ने सुबोध आचार्य काठमाडौं जिल्लासहित यस

ललितपुर मेयरर्स कपको फाइनल आज, एपीएफ र सुदूरपश्चिम भिड्ने

काठमाडौं– ललितपुर मेयरर्स कप महिला टी–२० क्रिकेट प्रतियोगिताको फाइनल खेल