डेंगुको संक्रमण बढेपछि  सतर्कता अपनाउन अनुरोध « Khabarhub

डेंगुको संक्रमण बढेपछि  सतर्कता अपनाउन अनुरोध


६ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा डेंगुका बिरामी दिनहुँ बढ्दै गएका छन्। पछिल्लो दुई हप्तामा मात्र दुई हजारभन्दा बढी जनामा डेंगु पुष्टि भएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दुई साताअघि असार २५ गते सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार पुस यता एक हजार एक सय ९२ जना बिरामी फेला परेकोमा असार २५ देखि साउन ५ गतेसम्म दुई हजारभन्दा बढी बिरामी थप भएका छन्।

स्वास्थ्य संस्थाको सम्पर्कमा नआएका बिरामी अझ धेरै रहेको महाशाखाको अनुमान छ। पछिल्लो दुई सातामा सबैभन्दा धेरै सुनसरीमा बिरामी थपिएका छन्। सुनसरीमा दैनिक सयभन्दा बढी बिरामी आउन थालेका बताइएको छ।

बिरामी थपिँदै गएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले छुट्टै ज्वरो क्लिनिक नै सञ्चालनमा ल्याएको छ। महाशाखाको तथ्यांक अनुसार पुसयता नेपालमा तीन हजारभन्दा बढी संक्रमित थपिएका छन्।

हालसम्म सुनसरी १ हजार ५७१, धादिङमा २ सय ५८, दार्चुलामा १ सय ८८, कास्कीमा १ सय ४९, संखुवासभामा ५८ जनामा डेंगु पुष्टि भएको छ। यस्तै काठमाडौंमा ४६, कञ्चनपुरमा ३९, भक्तपुरमा ३५, म्याग्दीमा ३५, झापामा ३२ जना डेंगु संक्रमित फेला परेका छन्।

डेंगु सङ्क्रमितको संख्या दिनहुँ बढिरहेकाले सरकारले उच्च स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ७ : ३५ बजे

वीरगञ्जमा अचेत भेटिएका गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्यायको निधन

काठमाडौँ – गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक बसन्तप्रकाश उपाध्यायको ५८ वर्षको उमेरमा

‘हिट किक बक्सिङ–५९’ मा फ्रान्सेली प्रतिद्वन्द्वीसँग भिड्दै अविरल घिमिरे

काठमाडौँ – ‘हिमालयन चितुवा’का नामले परिचित नेपाली युवा बक्सर अविरल

मलेसियाले नेपाललाई दियो १०४ रनको चुनौती : करण केसीले लिए चार विकेट

काठमाडौँ – एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा नेपालले मलेसियालाई १०३

बाढीपीडित पत्रकारको बकपत्र-‘सम्पत्तिका नाममा बोकेको झोलामात्र छ’

म धेरै बेर बस्न सक्ने अवस्थामा छैन। एकछिन कुरा गरेर

विगत बिर्सँदा प्रकोप व्यवस्थापनमा सास्ती

इतिहासकै सबैभन्दा ठूलो सङ्कट हुन सक्छ- हाल नेपालले सामना गरिरहेको