विद्यार्थीलाई ज्ञानसँगै सीप दिन आवश्यक « Khabarhub

 विद्यार्थीलाई ज्ञानसँगै सीप दिन आवश्यक


६ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– विदेश जानबाट रोक्न विद्यार्थीलाई ज्ञानसँगै सीप पनि दिनुपर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् ।

नेपाल इन्जिनियरिङ कलेज (नेक)दुवाकोट चाँंगुनारायण भक्तपुरबाट साढे चार वर्षे पार गरेका विद्यार्थीको बिदाई गरेको कार्यक्रमका वक्ताहरुले यस्तो जोड दिएका हुन् ।

नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष प्रा.डा पदमबहादुर शााहीले विद्यार्थीलाई ज्ञानसँंगै सीप पनि दिने प्रयास भइरहेको जनाए । काउन्सिलको तथ्यांक अनुसार काउन्सिलमा देशभर ७८ हजार इन्जिनियरहरू छन् । तीमध्ये आधी भन्दा वढी इन्जिनियरहरू विदेशमा रहेको अनुमान छ । देशभरबाट वर्षमा आठ हजारको हाराहारीमा इन्जिनियरहरू उत्पादन हुने तथ्यांकसमेत सार्वजनिक गरेका छन् ।

नेपाल इन्जिनियरिङ कलेज  दुवाकोट चाँगुनारायण भक्तपुरका प्राचार्य प्रा.डा हरिकृष्ण श्रेष्ठले विदेश जानबाट विद्यार्थीलाई रोक्न ज्ञान मात्रै नदिई ज्ञानसँगै सीप पनि दिनुपर्ने आवश्यकता औंल्याए, जसका लागि विश्वविद्यालय तहबाटै पाठ्यक्रम निर्माण गर्दा यसलाई ध्यान दिनुपर्ने उनको भनाइ छ  । ‘हामीले उत्पादन गरेका विद्यार्थीसँग अहिले प्रमाणपत्र हुन्छ, तर काम गर्न सक्ने हुँदैनन्’ उनले भने । यही कारण प्रमाणपत्रसँगै काम गर्नसक्ने बनाउनुपर्नेमा उनको जोड थियो ।

कलेजबाट चार वर्षे अध्ययन पूरा गरेका सिभिल एण्ड रुरल डिपार्टमेन्टका नव इन्जिनियर विद्यार्थीलाई शनिबार एक कार्यक्रमबीच बिदाई गरेको थियो । कलेजको सिभिल एण्ड रुरल डिपार्टमेन्टको आयोजनामा एक भव्य कार्यक्रम गरी विद्यार्थीलाई बिदाई दिइएको हो ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ३ : ३९ बजे

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको

आफ्नै नक्कली भिडियो देखेर हैरान सलमान, एआईदेखि पापाराजीसम्म किन उठाए गम्भीर प्रश्न ?

बलिउड अभिनेता सलमान खानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरेर

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

काठमाडौँ– शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति

विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न प्रकारका विभेद अन्त्य गर्न विश्व

भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

कास्की– रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट