म्याग्दीको पानी बेनीमा वितरण गरिँदै « Khabarhub

म्याग्दीको पानी बेनीमा वितरण गरिँदै


६ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दी नदीको पानी तानेर बेनी बजारमा वितरण गर्न थालिएको छ । खडेरी, मुहान सुक्दा, पाइप फुटेको, पहिराका कारण बेनीमा खानेपानी आपूर्ति बन्द भई हाहाकार मच्चिने समस्या हटाउन विकल्पमा म्याग्दी नदीको पानी तानेर वितरण गर्ने व्यवस्था मिलाइएको हो। 

बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष माधवप्रसाद रेग्मीले नियमित र पर्याप्त शुद्ध खानेपानी आपूर्तिका लागि म्याग्दी नदीबाट ‘लिफ्टिङ’ गर्न थालिएको जानकारी दिए । 

‘लिफ्ट खानेपानी योजनाको परीक्षण सफल भएको छ’, उनले भने, ‘म्याग्दी नदीबाट लिफ्टिङ हुन थालेपछि बेनीमा खानेपानी वितरणका लागि लोडसेडिङ गर्नुपर्ने समस्या हटेको छ ।’ 

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीले बेनी खानेपानी आयोजनाको क्षमता विस्तार कार्यक्रमअन्तर्गत विसं २०७८ असोजमा काठमाडौँको एएम प्याराडाइजसँग रु दुई करोड ४६ लाखमा ठेक्का सम्झौता गरेको थियो । 

म्याग्दी नदी किनारमा १० मिटर अग्लो इनार बनाउने, पानी तान्ने सम्पवयल, विद्युत्, पाइपलाइन जडान गर्ने काम सकेर पानी ‘पम्पिङ’ गर्न थालेको निर्माण कम्पनीका आयोजना व्यवस्थापक अजय तिमिल्सिनाले बताएका छन् । 

‘आठार महिनाको ठेक्का अवधि हो । पानी शुद्धीकरण गर्ने प्लान्ट निर्माणस्थलमा निर्माण सामग्री ढुवानी गर्न असहज र पहिरो खसेकाले छ महिना म्याद थपिएको छ’, उनले भने, ‘अबको दुई महिनाभित्र बाँकी संरचना निर्माण सकेर हस्तान्तरण गर्छौं ।’ 

बेनी खानेपानी उपभोक्ता संस्थाको पुरानो ट्याङ्कीमा म्याग्दी नदीबाट तानेको पानी हालेर वितरण गर्न थालेको जनाएको । बेनी–नगरपालिका–२ हाडेभिरमा जमिनको सतहदेखि सात मिटर गहिरो इनारभित्र तीन वटा विद्युत्को सहायताले चल्ने पानी तान्ने समसिवल पम्प राखिएको छ । 

इनारदेखि एक सय ३० मिटर उचाइमा बेनी बजारको शिरमा रहेको बराहपाखोस्थित रिजर्भ ट्याङ्कीसम्म पानी पुर्‍याउन करिब नौ सय मिटर चार इञ्चको जिआइपपाइप जडान गरिएको आयोजनाका इन्जिनियर नवीन सुवेदीले बताए । 

‘हाल दुई वटा पम्पबाट प्रतिसेकेण्ड १० लिटरका दरले पानी तानिएको छ’, उनले भने, ‘तीनवटै पम्प चलाउँदा प्रतिसिकेण्ड १५ लिटरका दरले पानी आपूर्ति गर्न सकिन्छ ।’ आयोजनामार्फत बराहपाखोमा तीन लाख ४० हजार लिटर क्षमताको रिजर्भ टङ्याकी निर्माण भइसकेको छ । ५.९४ घनलिटर क्षमताको दुई वटा पानी शुद्धी गर्ने गर्ने फिल्टर प्लान्ट निर्माण अन्तिम चरणमा पुगेको छ । नयाँ प्रविधिको सेडिमेशन र सो सान्डफिल्टर ट्याङ्की बनाउन लागिएको हो । 

आयोजनाले दुई वर्षअघि बेनी खानेपानी आयोजनाको क्षमता विस्तारका लागि रु ४२ लाख ८१ हजार आठ सय २० को लागतमा दुई लाख लिटर क्षमताको ट्याङकी निर्माण गरेको थियो । आयोजनाको हाल एक लाख लिटर क्षमताको एक वटा र दुई लाख लिटर क्षमताको दुई वटा रिजर्भ ट्याङ्की छन् । 

मुहानबाट ट्याङ्कीमा संकलन हुने पानी शुद्धीकरण गरेर वितरण गर्ने संरचना तयार पार्न लागिएको हो । बेनी नगरपालिकाको ७, ८ र २ नम्बर वडाका एक हजार एक सय घरधुरीलाई रिठाखर्क, पुम्दी र कोप्रेको मुहानबाट प्रतिसेकेण्ड ३३ लिटरका दरले पानी आपूर्ति हुने क्षमता छ । 

दैनिक पाँच लाख ६० हजार लिटरका दरले खानेपानी वितरण गरिँदै आएको बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्रबन्धक यामबहादुर विकले बताए। २७ किलोमिटर दूरीको रिठाखर्कपुम्दीको मुहानबाट आपूर्ति हुने पानी पहिरो र निर्माणाधीन बेनी–जोमसोम सडकका कारण प्रभावित भएको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ४ : ०८ बजे

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री