दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


६ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान, सुन प्रकरण : विस्तृत छानबिनका लागि अनुसन्धान अधिकृत तोकियो, सातवटै प्रदेशका दुई-दुई जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त जिल्ला बनाइने, अध्यक्ष ओली र कम्बोडियाका प्रधानमन्त्री सेनबीच भेटवार्ता, ‘वर्तमान सरकार बिपीको नीतिबाट प्रेरितलगायतका समाचारले प्रमुख स्थान पाए । 

प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनको खाद्यसम्बन्धी सम्मेलनमा सहभागी हुन इटाली प्रस्थान गरेका छन् ।

सङ्गठनको ‘फुड सिस्टम समिट प्लस टु’ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै इटाली प्रस्थान गरेका हुन् ।

सातवटै प्रदेशका दुई-दुई जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त जिल्ला बनाइने

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सातवटै प्रदेशका दुई जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त जिल्ला बनाउने बताएकी छन् ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, मधेस प्रदेशद्वारा बाराको सिमरामा आज आयोजित नेपाल टेलिकमको सेवा प्रवाह र सुधारसम्बन्धी अन्तरक्रियामा मन्त्री शर्माले चालु आर्थिक वर्षभित्र सबै प्रदेशका दुई-दुई जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त जिल्ला बनाउने निर्णय भइसकेको र यो प्रभावकारी कार्यान्वयन गर्ने प्रक्रियामा रहेको बताइन् ।

अध्यक्ष ओली र कम्बोडियाका प्रधानमन्त्री सेनबीच भेटवार्ता

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाका प्रधानमन्त्री हुने सेनसँग भेटवार्ता गरेका छन्।

कम्बोडिया सरकारको निमन्त्रणमा निर्वाचन पर्यवेक्षणका लागि कम्बोडिया पुगेका ओलीले शनिबार बिहान राजधानी नोम्पेनमा प्रधानमन्त्री सेनसँग भेट गरेको निजी सचिवालयले जनाएको छ ।

सुन प्रकरण : विस्तृत छानबिनका लागि अनुसन्धान अधिकृत तोकियो

राजस्व अनुसन्धान विभागले गत बुधबार बरामद गरेको अवैध सुनबारे विस्तृत अनुसन्धानका लागि पाँच जना अधिकृत तोकेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैधरूपमा नेपाल भित्रिएको ठूलो परिमाणको सुन विभागले बरामद गरेको थियो ।

बीपीको साहित्यलाई गाउँ-गाउँसम्म पुर्‍याउनुपर्छ : अर्थमन्त्री

नेपाली कांग्रेसका नेता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले जननायक विश्वेश्वरप्रसाद कोइरालाको साहित्यलाई गाउँगाउँसम्म पुर्‍याउनुपर्ने बताएका छन् ।

बीपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस क्षेत्र नं ५ ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले पार्टीले बीपी कोइरालाको साहित्य क्षेत्रलाई छपाएर गाउँगाउँसम्म पुर्‍याउनुपर्ने उल्लेख गरे ।

सेटिङबिना सुन तस्करी असम्भव : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सेटिङबिना त्रिभुवन विमानस्थलबाट सुन तस्करी हुन नसक्ने बताएका छन् ।

आज विराटनगर–११ पिचरास्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सुन बरामद प्रकरणमा अनुसन्धान भइरहेकाले यसबारेमा थप टिप्पणी गर्नु जायज नहुने बताए ।

नयाँ खुलेका पार्टी उर्लँदो खहरे : रमेश लेखक

नेपाली कांग्रेस प्रमुख सचेतक रमेश लेखकले नयाँ दललाई खहरेको संज्ञा दिएका छन ।

बीपी स्मृति दिवसका अवसरमा रामेछाप आएका प्रमुख सचेतक लेखकले पुराना पार्टीबाट नै निकास निस्कने दाबीसमेत गरेका छन ।

‘वर्तमान सरकार बिपीको नीतिबाट प्रेरित’

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकार बीपी कोइरालाको नीतिबाट प्रेरित भइ देश र जनताको पक्षमा काम गरिरहेको बताएका छन् ।

बिपी स्मृति दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज बीपी सङ्ग्रहालय सुन्दरीजलमा आयोजित समारोहमा उपप्रधानमन्त्री खड्काले संविधानमा सुनिश्चित गरिएका नागरिकका सबै अधिकार र सामाजिक न्यायका काम बीपी कोइरालाको सिद्धान्त अनुरूप भएको दाबी गरे ।

सुन तस्करीमा राजनीतिक संलग्नता रहेको भन्ने आरोपमा सत्यता छैन : वामदेव गौतम

नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले सुन तस्करीमा राजनीतिक संलग्नता रहेको भन्ने आरोपमा कुनै सत्यता नभएको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा गौतमले सुन तस्करीमा सँधै राजनीतिक संलग्नता जोडिनेभन्दा पनि भन्सारमा खटिने कर्मचारी नै मुख्य रुपमा दोषी हुनेसमेत बताए ।

उपत्यकामा थुप्रिएको फोहर उठ्न थाल्यो

काठमाडौँ महानगरपालिकाले उपत्यकामा थुप्रिएको फोहर व्यवस्थापन गर्न थालेको छ । नुवाकोटको सिसडोलका बासिन्दाले केही दिन अघि फोहरका कारण दुर्गन्ध फैलिएको भन्दै फोहोर फाल्न अवरोध गर्दै आएका थिए ।

यसअघि बञ्चरेडाँडाको ल्यान्डफिल्ड साइटमा फालिएको फोहर माटोले छोप्नुपर्ने र दुर्गन्ध फैलिन रोक्नुपर्ने मौखिक सहमति भए पनि सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले अवरोध गरेका थिए ।

काठमाडौँ र ललितपुरमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौँ र ललितपुरमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । ललितपुरको हात्तीवनमा बा३ख ४१०८ नंको बसले बा५६प ३४५२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ९ : ०० बजे

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जलेश्वर – भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि राजन रोक्कालाई

काठमाडौं – राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको

दासढुंगा घटनाको गम्भीर खोजी गर्नुपर्छ : माधव नेपाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दासढुंगा घटनाका

गुल्मीमा बस दुर्घटना हुँदा १३ जना घाइते

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका

प्रथम पशुपति चौलागाईं स्मृति कप भलिबल सुरु

दोलखा – प्रथम पशुपति चौलागाईं स्मृति कप खुल्ला पुरुष भलिबल