निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई शुन्यमा झारिने « Khabarhub

निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई शुन्यमा झारिने


६ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका विभिन्न स्थानीय तहमा रहेका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई शुन्यमा झार्ने निर्णय गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीको विशेष उपस्थितिमा बसेको उच्चस्तरीय व्यवस्थापन समुहको बैठकले यस्तो निर्णय गरेको हो । 

पदभार ग्रहण गरे देखि नै मन्त्री मोदीले स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत नदिने प्रतिबद्धता व्यक्त गरेका थिए । मन्त्री मोदीको प्रतिबद्धता र त्यसपछिको विभिन्न निर्णयको निरन्तरतामा मन्त्रालयले यस्तो निर्णय गरेको हो । 

निर्णयसँगै मन्त्रालयले निमित्तमार्फत् सञ्चालन भइरहेका स्थानीय तहमा दरबन्दी अनुसारका कर्मचारी खटाउनेछन् । मन्त्री मोदी आउनुअघि झण्डै साढे ३ सय स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत थिए । मन्त्री मोदीले यो संख्या १ सय ४२ मा झारेका थिए । 

बैठकको निर्णयमा भनिएको छ, ‘स्थानीय तहका यस मन्त्रालयबाट खटाई पठाउने प्रमुख प्रशासकीय अधिकृतको दरबन्दीमा कानून बमोजिम निर्धारण गरेको पद तथा श्रेणीका कर्मचारी मात्र खटाउने नीति लिने तथा निमित्त खटाई कामकाज गर्ने प्रचलन निरुत्साहित गर्ने नीति लिने ।’

यसैगरी बैठकले प्रदेश सचिवको जिम्मेवारीमा पनि कानुन बमोजिम तोकिएको पद तथा श्रेणीको कर्मचारी पठाउँदा जेष्ठताका आधारमा मात्रै पठाउने निर्णय पनि गरेको छ । बैठकले स्थानीय तहहरूको वेबसाइट, सफ्टवेयरलगायत सूचना प्रविधिको उपयोग गर्दा साइबर सुरक्षाको संवेदनशीलता प्रति विशेष सजगता अपनाएर मात्र उपयोग गर्ने गराउने प्रबन्ध मिलाउने निर्णय पनि गरेको छ ।

बैठकमा मन्त्रालयका सचिव डा। कृष्णहरी पुष्करले मन्त्रालयले सबै क्षेत्रमा उल्लेख्य सुधारका कामहरू गरिरहेको बताए । त्यस्तै मन्त्री मोदीले पदमा रहुन्जेलसम्म इमानदारिता पूर्वक देश र जनताको पक्षमा काम गर्नुपर्ने बताए । उनले प्रशासनिक र व्यवस्थापकीय क्षेत्रको उल्लेख्य सुधार मार्फत सुशासन कायम गर्ने आफ्नो प्राथमिकतामा सबैले साथ दिन आवश्यक रहेको समेत औँल्याएका छन् । 

बैठकमा मन्त्रालयका सह-सचिवहरु, मन्त्रालय मातहतका कार्यालयका प्रमुखहरूले आआफ्नो कार्यालयबाट भइरहेको कामको प्रगतिसहित आगामी कार्ययोजनाबारे धारणा राखेका थिए । 

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ७ : ४१ बजे

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको

आफ्नै नक्कली भिडियो देखेर हैरान सलमान, एआईदेखि पापाराजीसम्म किन उठाए गम्भीर प्रश्न ?

बलिउड अभिनेता सलमान खानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरेर

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

काठमाडौँ– शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति

विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न प्रकारका विभेद अन्त्य गर्न विश्व

भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

कास्की– रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट