मधेश समृद्ध नभए सम्म देशको मुहार फेरिँदैन : ज्ञवाली « Khabarhub

मधेश समृद्ध नभए सम्म देशको मुहार फेरिँदैन : ज्ञवाली


६ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बारा – नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले मधेशको समृद्धि एमालेबाट मात्रै सम्भव रहेको बताएका छन् । प्रेस चौतारी नेपाल बाराले सिमरामा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले उपमहासचिव ज्ञवालीले मधेश समृद्ध नभएसम्म देशको मुहार नफेरिने बताए ।

‘मधेशमा लामो समय नेपाली कांग्रेसले र २०६४ यता मधेश केन्दित दलहरूले राज गरिरहे पनि विकास, स्वास्थ्य र शिक्षाको आवस्था विकट जिल्ला कर्णालीको भन्दा पनि कमजोर पारिएको छ । यो मधेशका लागि दुस्खदायी विषय हो,’ उनले भने ।

एमालेको स्कुल विभाग प्रमुखसमेत रहेका पूर्वमन्त्री ज्ञवालीले पछिल्लो राजनैतिक घटनाक्रम र सरकार सञ्चलनप्रति इङ्तित गर्दै वर्तमान् सरकार देश र जनताका पक्षमा नभई विदेशीको हितमा काम गरिरहेको आरोप लगाए ।

प्रधानमन्त्री प्रचण्डको पछिल्लो भारत भ्रमण नेपालका हितमा भन्दा पनि भारतको इच्छा पुरागरिदिने कडी बनेको उनको भनाई थियो । ‘भारतले चाहेका जलविधुत आयोजना नेपालका तर्फबाट जिम्मा लगाउने काम भयो । भारतले २७ वर्षदेखी अलपत्र पारेएको माथिल्लो कर्णालीका सम्बन्धमा कुनै सम्वाद नगरि थप दुईवटा आयोजना पुन जिम्मा लगाउने काम भएको छ’ उनले भने ।

यस्तै सरकारले ललिता निवास र भुटानी सरणार्थी प्रकरणमा स्टन्ट गरिरहेको उनको भनाई थियो । भ्रस्टाचारको छानविन गर्न पहिला सरकारमा रहेकाहरु सफा हुनुपर्ने उनले बताए ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ८ : १५ बजे

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको

आफ्नै नक्कली भिडियो देखेर हैरान सलमान, एआईदेखि पापाराजीसम्म किन उठाए गम्भीर प्रश्न ?

बलिउड अभिनेता सलमान खानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरेर

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

काठमाडौँ– शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति

विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न प्रकारका विभेद अन्त्य गर्न विश्व

भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

कास्की– रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट