एमाले अध्यक्ष ओली र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता « Khabarhub

एमाले अध्यक्ष ओली र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता


६ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र कम्बोडियाका प्रधानमन्त्री हुन सेनबीच भेटवार्ता भएको छ । कम्बोडिया सरकारको निमन्त्रणामा निर्वाचन पर्यवेक्षकका रुपमा त्यहाँ पुगेका अध्यक्ष ओली र कम्बोडियाको प्रधानमन्त्रीबीच आज बिहान भेटवार्ता भएको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ ।

ओलीसँगै विभिन्न देशका २२ वरिष्ठ राजनीतिज्ञ अहिले निर्वाचन पर्यवेक्षणका लागि कम्बोडियामा छन्। सो अवसरमा अध्यक्ष ओलीले विभिन्न राष्ट्रका विशिष्ट राजनीतिज्ञसँग पनि भेटवार्ता गरेका छन् ।

निर्वाचन पर्यवेक्षकका रूपमा त्यहाँ पुगेक छन् पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुस राजा गिलानी र नाइजेरियाका पूर्वराष्ट्रपति जोनाथन गुडलकसँग पनि अध्यक्ष ओलीले शिष्टाचार भेटघाट गरेका छन् ।

अध्यक्ष ओलीले आजै कम्बोडियामा शान्ति र लोकतन्त्रका लागि अन्तर्राष्ट्रिय सम्मेलनलाई पनि सम्बोधन गरेका छन् । अध्यक्ष ओलीसँगै पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, स्वकीय फोटोग्राफर अधिकृत दिनेश भण्डारी यही साउन २ गते कम्बोडिया प्रस्थान गरेका थिए ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  १० : ०८ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष होइन, विपद् राहत कोष नाम राखौँ : जगदीश खरेल

काठमाडौंं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम फेर्न राष्ट्रिय स्वतन्त्र

रसुवा बाढीबारे सरकारी कामकारबाहीको जानकारी माग

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवा बाढीपछि सरकारले

विद्याको इन्ट्रीले गिजोलियो एमाले पुनर्गठनको बहस

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको ओलीपछिको दोस्रो वरीयतामा इन्ट्री

याङयाङ खोलामा नयाँ गोरेटो बाटो निर्माणः स्थानीयलाई राहत

रसुवा– याङयाङ खोलादेखि तुइनसम्मको गोरेटो बाटो मर्मत तथा निर्माणकार्य सम्पन्न

महाधिवेशन प्रतिनिधिमा गगन सर्वसम्मत हुँदा विश्वप्रकाश निर्वाचनबाट चुनिए

काठमाडौं– गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत महाधिवेशन