तनहुँ अदालतमा सम्बन्धविच्छेदका मुद्दा बढी « Khabarhub

तनहुँ अदालतमा सम्बन्धविच्छेदका मुद्दा बढी


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

तनहुँ– आर्थिक वर्ष २०७९-८० मा जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सम्बन्धविच्छेदका बढी रहेका छन् । अदालतमा कूल दुई हजार नौ सय २४ मुद्दा दर्ता भएकामा नौ सय २७ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । 

त्यसमध्ये सात सय ५९ फछर्यौट भई एक सय ६८ सम्बन्धविच्छेदका मुद्दा फछर्यौटको चरणमा रहेको अदालतका स्रेस्तेदार केशवप्रसाद पौडेलले जानकारी दिएका छन् । त्यसैगरी कूल दर्ता भएका मुद्दामध्ये एक हजार आठ सय २३ फछर्यौट भई एक हजार एक सय एक मुद्दा फछर्यौट हुन बाँकी रहेको अदालतले जनाएको छ । 

अन्य मुद्दाको तुलनामा सम्बन्धविच्छेदका मुद्दा बढिरहेका छन् । त्यसअनुरूप कूल मुद्दाको ३१ दशमलव सात प्रतिशत मुद्दा सम्बन्धविच्छेदका रहेका छन् । वैदेशिक रोजगारीमा गएका व्यक्तिका पत्नी, सानै उमेरमा प्रेम विवाह गरेका र उमेर परिपक्व भएपछि आपसी कुराकानी नमिल्दा सम्बन्धविच्छेद हुने गरेको उनले बताए । 

त्यसैगरी अन्तरजातीय विवाहपश्चात् घरपरिवारले नस्वीकार्दा, अपेक्षाअनुरूप महिलाको माग पूर्ति नहुँदा, समयमा मायाप्रेम नपाउँदा आत्मसम्मानबाट अपहेलित हुँदा लगायतका घटनाबाट पनि महिलाले सम्बन्धविच्छेद गर्ने गरेको पाइएको छ । अदालतमा मुद्दा ल्याएर दण्ड दिइनु मात्रै विकल्प नभएकाले मनोसामाजिक परामर्श दिन आवश्यक देखिएको जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यले बताए । 

‘मानिसमा अझै पनि सचेतना जगाउन आवश्यक छ’, उनले भने, ‘यस्ता कार्यलाई न्यूनीकरण गर्दै कानुनी कारबाहीमा कमी ल्याउन सक्नुपर्छ ।’ त्यसैगरी अंशबन्डाका पाँच सय नौ मुद्दामा दुई सय ५९ फछर्यौट भई दुई सय ५० बाँकी रहेका छन् । विवाहसम्बन्धी ३० मध्ये १५ फछर्यौट भएका छन् भने १५ बाँकी रहेका छन् । लिखत बदरका एक सय ७६ मा ७० फछर्यौट भई एक सय छ प्रक्रियामा रहेका छन् । त्यसैगरी लेनदेनका एक सय २७ मध्ये ८२ फछर्यौट भई ४५ प्रक्रियामा रहेका छन् । 

जग्गासम्बन्धी २४ मध्ये १३ फछर्यौट भएका छन् भने ११ फछर्यौट हुन बाँकी रहेको सो कार्यालयले जनाएको छ । बहुविवाहका २३ मध्ये १२ फछर्यौट भई ११ मुद्दा प्रक्रियामा रहेका छन् । त्यसैगरी जबर्जस्ती करणीका ७२, कर्तव्य ज्यानका ३४, ज्यान मार्ने उद्योगका २३, आत्महत्या दुरुत्साहनका आठ, हाडनाताका आठ मुद्दा दर्ता भएको स्रेस्तेदार पौडेलले बताए ।  

त्यसैगरी जबर्जस्ती करणी उद्योगका छ, बालयौन दुरुपयोगका चार, गर्भपतनका तीन, छुवाछूतका दुई र बालविवाहका एक लगायतका मुद्दा दर्ता भएकामा करिब ५० प्रतिशत मुद्दा फछर्यौट भइसकेका छन् । 

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  १ : २७ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील