लमजुङ– लमजुङको मर्स्याङ्दी गाउँपालिकाका १ सय ३८ जनाले रोजगारी पाएका छन् ।
गत आर्थिक वर्ष २०७९-८० मा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तरगत बेरोजगार सूचीमा दर्ता भएका मध्ये पालिका भित्रका १ सय ३८ जनाले रोजगारी पाएका हुन् ।
गत आर्थिक बर्ष २०७९-०८० मा गाउँपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत ३२ वटा पूर्वाधार विकास, सिढी निर्माण लगायतका योजनाहरू रहेको गाउँपालिकाका रोजगार संयोजक नन्दराज गुरुङले बताए ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि गत आर्थिक बर्ष २०७९-८० मा ८२ लाख ९९ हजार रुपैयाँ बजेट विनियोजन भएको पालिकाले जनाएको छ । पालिमा सूचिकृत बेरोजगारका संख्या १ हजार ५ सय १३ जना रहेका छन् ।
प्रतिक्रिया