मुस्ताङमा बाढीका कारण करिब एक अर्बको क्षति | Khabarhub Khabarhub

मुस्ताङमा बाढीका कारण करिब एक अर्बको क्षति


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागखोलामा आएको बाढीले पुर्‍याएको क्षतिको विवरण १० दिनपछि आज सार्वजनिक गरिएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको विपद् व्यवस्थापन समितिले सुरक्षा निकाय, प्रशासन र रेडक्रसको सहयोगमा सङ्कलन गरेको विवरणअनुसार बाढीले कागबेनीमा करिब रु एक अर्बको क्षति पुर्‍याएको जनाएको छ ।

भौतिक संरचना, स्थानीयवासी, भाडामा व्यवसाय गरी बस्ने व्यक्ति, मजदुर, कार्यालय र सङ्घरसंस्थाको समूहमा क्षतिको विवरण तयार पारिएको गाउँपालिका अध्यक्ष रिनजिन गुरुङले जानकारी दिए ।

“नगद, सामान र संरचनामा मात्र रु ८१ करोड ८३ लाख २५ हजार बराबरको क्षति भएको छ”, उनले भने, “सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर, धर्मशाला, सामुदायिक, वडा, प्रहरी चौकीको भवन, तटबन्ध लगायत १४ वटा भौतिक पूर्वाधारतर्फ रु २१ करोड दुई लाख बराबरको क्षति भएको छ ।”

उक्त क्षतिमध्ये व्यक्तिका ५० घरमा रु ५२ करोड ८९ लाख ७५ हजार मूल्य बराबरको क्षति भएको गाउँपालिकाले जनाएको छ । बाइस वटा घर पूर्ण र पाँच वटा घरमा आंशिक रुपमा क्षति भएको छ । नौ वटा गोठमा पूर्ण र १५ वटा गोठमा आंशिक क्षति हुँदा २४ वटा गाई र एक वटा घोडा मरेका छन् ।

उन्नाइस वटा दुई पाङ्ग्रे र तीन वटा चार पाङ्ग्रे सवारीसाधन क्षति भएको छ । उन्नाइस जना भाडामा बस्ने सर्वसाधारण तथा व्यवसायीको रु तीन करोड नौ लाख मूल्य बराबरको सामग्री नष्ट भएको छ । बाह्र वटा सरकारी तथा सामुदायिक संरचनामा रु चार करोड ८० लाख ६० हजार क्षति भएको गाउँपालिकाले जनाएको छ । अठार जना कृषकको ४५ रोपनीभन्दा बढी जग्गा बाढीले पुरेको छ ।

दुई सय ७४ स्याउका बोट बाढीले नष्ट गरेको छ । साउन २८ गते साँझ ८ बजे कागखोलाको सहायक तिरिखोला थुनिएर आएको बाढी कागबेनीको बस्तीमा पसेको थियो । कागबेनीमा रहेका नेपाल इन्भेष्टमेन्ट मेगा र प्रभु बैंकको शाखा रहेको घरमा बाढी पन्छाउने क्रममा सुरक्षाकर्मीलाई आइतबार लकरमा राखेको रु एक करोड ६५ लाख सुरक्षित भेटाएर सम्बन्धित बैंकलाई बुझाएका प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए ।

माथिल्लो क्षेत्रका बासिन्दाले सूचना दिएपछि भागेर ज्यान बचाएका कागबेनीका बासिन्दाले ठूलो भौतिक क्षति ब्यहोर्नुपरेको छ । कागबेनीको बस्तीभित्र पसेको बाढी पन्छाउने, उपल्लो मुस्ताङ जोड्ने सडक मर्मत, खानेपानी, विद्युत् आपूर्तिलगायत काममा जनप्रतिनिधि, स्थानीयवासी र सरकारी निकाय जुटेका छन् ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ८ : ४२ बजे

घाइते नेइमार ब्राजिलको विश्वकप छनोटमा नखेल्ने

एजेन्सी– ब्राजिलका स्टार स्ट्राइकर नेयमार जाँघको चोटका कारण सन् २०२६

शिक्षकका माग शीघ्र सम्बोधन गर्नुपर्नेमा प्रचण्डको जोड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनरत शिक्षकका

सुनकुडा क्याम्पसका निर्वाचन अधिकृत स्याडालाई पदमुक्त गर्न माग

काठमाडौं– नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विद्यार्थी सङ्गठनहरूले

कोरला नाकामा आन्तरिक पर्यटकको आकर्षण

मुस्ताङ– पछिल्लो समय नेपाली स्वदेशी पर्यटकका लागि उत्तरी चीनको स्वशासित

देशको ५१ प्रतिशत जनसङ्ख्या खना पकाउन दाउरामा निर्भर (तस्बिरहरू) 

काठमाडौं– देशका आधाभन्दा बढी जनसङ्ख्याले खाना पकाउन अझै पनि दाउरा