भक्तपुरको बाल सुधार गृह घटना : फरारमध्ये थप १० जना पक्राउ, अझै शव परीक्षण भएन « Khabarhub

भक्तपुरको बाल सुधार गृह घटना : फरारमध्ये थप १० जना पक्राउ, अझै शव परीक्षण भएन


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भक्तपुरको बाल सुधार गृहबाट सोमबार फरार भएकामध्ये प्रहरीले आज थप १० जनालाई पक्राउ गरेको छ । सोमबार दिउँसो सुधार गृहको पछाडिको गेट भत्काएर भागेका दुई सय २१ जना बन्दीमध्ये प्रहरीले पक्राउ गर्न बाँकी १७ जनामध्ये आज दिनभरमा १० जना पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए ।

फरार रहेकामध्ये सोमबार रातिसम्ममा दुई सय चार जनालाई पक्राउ गरेको र आज थप १० जनालाई उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरेको उनले जानकारी दिए । बाँकी सात जना पनि भोलिसम्म पक्राउ गरिसक्ने उनले बताए ।

जिल्ला प्रहरी कार्यालय रामेछापबाट २०७७ जेठ २९ गते १८ वर्षको उमेरमा पाँच वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा सजाय भुक्तान गर्न बाल सुधार गृह सानोठिमीमा ल्याइएका रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको उच्च ज्वरोलगायतका कारण आइतबार बिहान मृत्यु भएपछि सुधार गृहमा सुरु भएको घटनाले सोमबार भयावह रुप लिएको थियो ।

सोमबार दिउँसो घरेलु हतियार लिएर गेट भत्काएर बाहिर निस्किएका बन्दीले प्रहरीलाई लखेट्दै कुट्ने गरेपछि प्रहरीले दुई राउण्ड अश्रुग्यास प्रहार गर्नुका साथै तीन राउण्ड गोली चलाएको थियो ।

घटना १९ सुरक्षाकर्मी र १० जना बन्दी गरी २९ जना घाइते भएका थिए । केही घाइते उपचारपश्चात् फर्किएको र बाँकीको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सुधार गृहबाट उपचारका लागि नागरिक अस्पताल पु¥याएपछि मृत्यु भएका बस्नेतको अझै शव परीक्षण भएको छैन । मृतकका परिवार तथा आफन्तले प्रहरीमा जाहेरी नदिएकै कारण शव परीक्षण हुन नसकेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए ।

उनले मृतकका परिवारसँग भएको छलफलमा भोलि जाहेरी दिने र त्यसपछि शव परीक्षण गर्ने तयारी भएको जानकारी दिए । सुधार गृहभित्र आइतबारबाट भएको घटनाले उग्ररुप लिए पछि तीनदिनदेखि यहाँ रहेका बालबालिका भने त्रसित रहेका छन् ।

छानबिन सुरु

आइतबारको घटनापछि जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले घटनाबारे यथार्थ बुझ्न सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाको नेतृत्वमा गठन गरेको छानबिन समितिले आजदेखि काम सुरु गरेको छ ।

घटनाको अनुसन्धान तथा छानबिन गरी सत्यतथ्य ल्याउन सहायक सिडिओ निरौलाको नेतृत्वमा प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठक, जिल्ला प्रशासन कार्यालयका अधिकृत अशोककुमार पोखरेल सदस्य सचिव र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अधिकृत प्रतिनिधि सदस्य रहेको छनबिन समिति गठन गरेकोमा त्यस समितिले आजैदेखि आफ्नो काम सुरु गरेको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।

उनले भने, “छानबिन समितिले आजैदेखि आफ्नो काम सुरु गरेको छ । आज समितिको टोलीले सुधार गृह गएर त्यहाँका बन्दी, कर्मचारी, व्यवस्थापकलगायतका विभिन्न व्यक्तिसँग सोधपुछ गर्ने काम सुरु भएको छ ।

सात दिनभित्र यसको प्रतिवेदन आएपछि सुधार गृह र घटनाको वास्तविकता आउने छ ।” त्यसैगरी बालबन्दीबाट सोमबार फरार हुनेक्रममा सुधार गृह र युसेप नेपालमा भएको तोडफोडको यकिन क्षति विवरण सङ्कलन गर्ने कार्य आज भएको उनले बताए । भोलिसम्म क्षतिको पूर्ण विवरण आउने उनको भनाइ छ ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ९ : ५८ बजे

तनहुँ जिल्ला प्रशासनबाट तीन महिनामा ४३४ गुनासा फर्स्योट

तनहुँ– जिल्ला प्रशासन कार्यालयले तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा

पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

कास्की– पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना

बाढीले क्षति पुर्‍याएकाे तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

काभ्रे– जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह

दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति