बडादसैँमा किसानलाई धान भित्र्याउने चटारो « Khabarhub

बडादसैँमा किसानलाई धान भित्र्याउने चटारो


५ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– नेपालीको घर आँगनमा दसैँ भित्रिएको छ । टाढा-टाढा गएकाहरु गाउँ फर्कने क्रममा छन् । गाउँमा भने किसानलाई धान भित्राउने चटारो छ । 

खेतभरी पहेँलपुर झुलेको धान वर्षाले भित्र्याउन दिँदैन कि भन्ने पीर किसानलाई छ । आकाशमा बादल मडारिँदा किसान चिन्तत हुन्छन् । यति बेला पश्चिम बागलुङका किसानलाई दसैँ मनाउनभन्दा बढी धान भित्र्याउन भ्याइनभ्याइ छ । दसैँ र धान भित्र्याउने समय एकै पटक पर्दा किसानलाई चाडबाडको भन्दा खेती स्यार्ने चटारो बढी छ ।

 गत असारमा लगाइएको धान असोज अन्तिम सातासम्म भित्र्याउने समय भए पनि निरन्तरको वर्षाले खेतमै रहेको थियो । निसीखोला गाउँपालिका–४ का केशर पौडेलले अब वर्षा भए धान बालीमा ठूलो क्षति हुने भएकाले भित्र्याउन भ्याइनभ्याइ भएको बताए । असोज २९ गतेसम्म ठूलो वर्षा भएकाले धान भित्र्याउन नसकिएको किसानले बताएका छन् । केही दिनदेखि पानी नपरेकाले खेताला लगाएर धान काट्ने र भित्र्याउनतर्फ लागेको उनले बताए । मार्सी जातको धान छिटो पाकेको छ ।  

  उनले भने, ‘यस वर्ष अलि ढिला दसैँ आयो, पोहोर परार साल त यति बेला तिहार आउँथ्यो, दसैँ सकेर धान भित्र्याउँथ्यौँ, पानीले पनि त्यत्ति धेरै दुःख दिएको थिएन, अहिले त धान काट्ने बेला ठूलो वर्षा भयो, केही दिन भयो पानी परेको छैन त्यही भएर धेरै किसानहरू धान काट्ने र भित्र्याउनमा व्यस्त छन्, अब बारीमा गहुँ पनि छर्ने समय भयो, एकै पटक धेरै काम गर्नुपर्छ, यो समय कामकै चटारो हुने भएको हुँदा दसैँ पोहोर परार सालको जस्तो फुर्सदिलो नहुने भयो ।

 अर्का किसान निमबहादुर क्षेत्रीले असोज दोस्रो साता धान काट्ने तयारी गरेको तर वर्षाका कारण रोकिएको बताए। पानी बिदा भएको बेला अर्मपर्म गरेर धान काट्न थालेको उनले सुनाए । धान काटेको दुई दिनमा छाँट्ने र भित्र्याउने भएको हुँदा धेरै किसान यतिबेला खेतमा व्यस्त भएको क्षत्रीको भनाइ छ । यस वर्ष समयमै वर्षा भएकाले धान पनि राम्रो उत्पादन भएको भन्दै समयमै नभित्र्याए असिनाले नोक्सान गरिदिन सक्ने उनले बताए।

 निसीखोला क्षेत्रमा अन्य ठाउँको तुलनामा छिटो रोपाइँ हुने हुँदा धान असोज दोस्रो साता नै पाक्ने गर्छ । यहाँका किसानले मार्सी, जडन, जेठो बुढो लगायत जातका धान लगाउने गर्दछन् । जडन जातको धान अलि ढिला पाक्ने किसानको भनाइ छ । बागलुङमा हरेक वर्ष धान उत्पादन गर्ने क्षेत्रफल बढ्दै गएको छ ।

कृषि ज्ञान केन्द्र बागलुङका अनुसार गत वर्ष पाँच हजार आठ सय ८३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष बढेर छ हजार हेक्टरमा रोपाइँ भएको छ । जिल्लामा ४६ हजार एक सय ४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन छ । 

जसमध्ये ३० हजार पाँच सय २३ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको छ । यसमध्ये छ हजार एक सय ४८ हेक्टर क्षेत्रफल जमिनमा मात्रै सिँचाइको सहज पहुँच पुगेको छ । खेतीयोग्य जमिनको २० दशमलव १५ प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा छ । बाह्रै महिना सिञ्चित क्षेत्र दुई हजार सात सय ७५ हेक्टर रहेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  १ : ११ बजे

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि

एकैदिन छापियो ५ हजारभन्दा बढी ई-पासपोर्ट

काठमाडौँ । राहदानी विभागले विद्युतीय राहदानी (इ–पासपोर्ट) उत्पादन क्षमतामा उल्लेख्य