भृकुटीमण्डपको पुस्तक प्रदर्शनीमा १५ देशको सहभागिता, एउटैको मूल्य २४ हजार (तस्बिरहरु) « Khabarhub

भृकुटीमण्डपको पुस्तक प्रदर्शनीमा १५ देशको सहभागिता, एउटैको मूल्य २४ हजार (तस्बिरहरु)


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंस्थित भृकुटीमण्डपमा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडियाले संयुक्त रुपमा पुस्तक प्रदर्शनीको आयोजना गरेका छन् । जारी नवौँ संस्करणको प्रदर्शनीमा १५ देशले स्टल राखेका छन् ।

‘सामाजिक रुपान्तरणका लागि शिक्षामा नयाँ अभियान’ मूल नाराका साथ यो प्रदर्शनी पढ्ने बानीको विकास गर्न गरिएका हो ।

नेपाली भाषाका किताब चिनियाँ र चिनियाँ भाषाका किताब नेपाली अनुवादमा पाइनु यो प्रदर्शनीको प्रमुख सौन्दर्य रहेको महासंघका पूर्वअध्यक्ष मनहरि बस्याल बताउँछन् ।

बस्याल भन्छन्, ‘हामीले यो प्रदर्शनीमा केन्द्रका नेताहरु र स्थानीय तहका नेतालाई बोलाएर अन्तर्वार्ता पनि गराउँछौं । त्यस कार्यक्रममा चाहिँ उनीहरुले कार्यकर्तामा पढ्ने वातावरण कत्तिको छ र कसरी उनीहरुमा पढ्ने बानीको विकास गराउँने त्यसमा केन्द्रित हुनेछ ।’

सो कार्यक्रम अन्तर्वार्ता सेगमेन्टअन्तर्गत राखिएको बस्यालले जानकारी दिए ।

त्यस्तै, पछिल्लो समय यस प्रदर्शनीमा पाठकहरुलाई आकर्षण गरिरहेको किताब ‘समयक्रममा नेपाल’ हो । २४ हजार मूल्य भएको यो किताब प्रदर्शनीकै सबैभन्दा महँगो हो । आकर्षणको मुख्य कारण नै यसको मूल्य हो ।

पाँच दिनसम्म चल्ने यो प्रदर्शनी बुधबार दोस्रो दिनमा जारी छ । प्रदर्शनीमा १८० वटा स्टल छन् ।

हेर्नुहोस् तस्बिरहरु

 

  

 

तस्बिरहरु- संगम ढकाल

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ७ : ०५ बजे

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ।

कांग्रेस महाधिवेशन: अमेरिका, क्यानाडा र अस्ट्रेलिया क्षेत्रबाट केन्द्रीय सदस्यमा चन्दा अधिकारीको उम्मेदवारी

काठमाडाैँ – नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (महिला: अमेरिका,

श्रमिकलाई चाडपर्व खर्च नदिए उजुरी गर्न श्रम विभागको आह्वान

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा

बाढी पहिरोले तीनवटै उत्तरी नाकामा व्यापार ठप्प, महँगीको मारमा उपभोक्ता (तस्बिरहरू)

काठमाडौं– तीन प्रमुख व्यापारिक नाका आउजाउ गर्ने सडक अवरुद्ध हुँदा नेपाल

मस्कको स्टारलिङ्क आरोपमा भारतको जवाफ– ‘निष्पक्ष र गैरभेदभावपूर्ण’

नयाँदिल्ली- भारतले अर्बपति एलन मस्कको स्टारलिङ्कलाई देशमा सञ्चालन हुन नदिएको भन्ने