निर्वाचन आयोगले विधेयकबारे प्रधानमन्त्रीसँग छलफल गर्ने | Khabarhub Khabarhub

निर्वाचन आयोगले विधेयकबारे प्रधानमन्त्रीसँग छलफल गर्ने


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चुनावको मितिसमेत तोक्ने गरी तयार भएको निर्वाचनसम्बन्धी विधेयकबारे निर्वाचन आयोगले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ‘ब्रिफिङ’ गर्ने भएको छ । 

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित आयोगका पदाधिकारीहरूको टोलीले बुधबार गृहमन्त्रीसँग निर्वाचनसम्बन्धी विधेयकबारे छलफल गरेको थियो । आयोगले तयार पारेको मस्यौदालाई अघि बढाउन गृहमन्त्रायले सकारात्मक रुपमा लिएको र यसबारे प्रधानमन्त्रीसँग थप छलफल गर्न सुझाएको आयोगका एक पदाधिकारीले खबरहबलाई जानकारी दिए । 

आयोग स्रोतले भन्यो, ‘प्रस्तावित विधेयकमाथि आज गृहमन्त्रालयमा छलफल भयो । अब प्रधानमन्त्रीसँग थप छलफल गर्ने कुरा भएको छ । प्रधानमन्त्रीले समय दिएपछि भोलि वा पर्सि यसबारे थप छलफल हुन्छ ।’

निर्वाचन सम्बन्धी कानूनहरूको मस्यौदा निर्वाचन आयोगले गर्ने संवैधानिक व्यवस्था छ । आयोगले तयार पारेको विधेयक गृहमन्त्रालय र प्रधानमन्त्री कार्यालयमार्फत् संसदमा पेश हुन्छ ।
यो पनि पढ्नुहोस्

यो पनि हेर्नुहोस्

निर्वाचन आयोगको प्रस्ताव : आगामी चुनाव २०८४ कात्तिक २९ गते

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ६ : ५२ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका