प्रधानमन्त्री कप क्रिकेट : कोशीद्वारा बागमती प्रदेश पराजित « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : कोशीद्वारा बागमती प्रदेश पराजित


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले लगातार दोस्रो जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कोशीले बागमती प्रदेशलाई ८ विकेटले पराजित गरेको हो ।

बागमतीले जितका लागि दिएको ८८ रनको मध्यम लक्ष्य कोशी प्रदेशले १८ ओभर १ बलमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो । कोशीको जितमा काजल श्रेष्ठ र अपसरी बेगमले समान ४१ रनको योगदान दिए ।

बागमतीकी संस्कृति फुयाँल र सोनी पाख्रिनले समान एक–एक विकेट लिए ।

त्यसअघि  टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ८७ रन बनाएको थियो ।

बागमतीका लागि यशोधा विष्टले सर्वाधिक ४१ रनको योगदान दिइन् । त्यस्तै अस्मीना कमाचार्यले २४ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् ।

कोशी प्रदेशकी अपसरी बेगम र सबनम राईले समान दुई–दुई तथा सङ्गीता राईले एक विकेट लिइन् ।

हिजो भएको पहिलो खेलमा कोशीले कर्णाली प्रदेशलाई १० विकेटले हराएको थियो । यता बागमतीको भने यो पहिलो हार हो । हिजो भएको खेलमा बागमतीले मधेस प्रदेशलाई पराजित गरेको थियो ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  १ : २१ बजे

प्रचारप्रसार नहुँदा ओझेलमा धैबुङ कालिका मन्दिर

रसुवा– धैबुङ  कालिका  मन्दिर ओझेलमा परेको छ । आवश्यक प्रचारप्रसार

‘यमनमा साउदी नेतृत्व गठबन्धनको आक्रमण, सात जना घाइते’

एजेन्सी – यमनको होदेइदाह प्रान्तस्थित रस इसा बन्दरगाह र तेल प्रशोधन

बमले उडाइदिने धम्कीपछि बुलेटप्रूफ घेरामा अमिताभ

काठमाडौं– बलिउडका महानायक अमिताभ बच्चन वर्षौँदेखि हरेक आइतबार आफ्नो घरबाहिर

माडीमा धान नफलेपछि किसान चिन्तित, बीउको गुणस्तरमाथि प्रश्न

नारायणगढ – माडी नगरपालिका–७, कीर्तनपुरका गोविन्द भण्डारीले गत वर्षसम्म एक कठ्ठामा

२५औँ सत्याग्रहमा बसेका डा. केसीको स्वास्थ्यमा समस्या, काठमाडौँमा उपचार हुँदै (तस्बिरहरू)

काठमाडौँ– चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीलाई स्वास्थ्यमा