पाकिस्तानभर सोमबार बिजुली अवरुद्ध « Khabarhub

पाकिस्तानभर सोमबार बिजुली अवरुद्ध


९ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानमा सोमबार देशभर बिजुली अवरुद्ध भएको छ । विद्युत अवरुद्ध भएको कारण पाकिस्तानका २२ करोड मानिसहरु प्रभावित भएका छन् । कराँची र लाहोरजस्ता सहरमा समेत विद्युतको प्रवाह ठप्प भएको छ ।

पाकिस्तानमा जटिल सञ्जालमार्फत् विद्युत वितरण हुने गरेको छ । विद्युत वितरण प्रणालीको एउटा ग्रिडमा समस्या उत्पन्न भएको खण्डमा यसबाट देशभर प्रभाव पार्ने बताइन्छ । पाकिस्तानमा तीन घण्टा लामो विद्युत अवरुद्ध विगत दुई वर्षमा दोस्रो पटक भएको हो । सोमबार बिहान ७ः३० बजे राष्ट्रिय ग्रिडमा त्रुटि आएको कारण यस प्रकार देशभर विद्युत अवरुद्ध भएको जनाइएको छ ।

राजधानी र उत्तरपश्चिमी सहर पेशावरका केही भागमा सीमित विद्युत पुर्नस्थापनासँगै मर्मत कार्य चलिरहेको थियो ।

एक करोड ५० लाखभन्दा बढी जनसङ्ख्या भएको बन्दरगाह सहर कराँची र एक करोडभन्दा बढी जनसङ्ख्या भएको लाहोर विद्युतविहीन रहेको जनाइएको छ । जनवरी २०२१ मा यस्तै ब्रेकडाउनले दक्षिणी पाकिस्तानमा देशको प्रसारण प्रणालीमा त्रुटि देखा पर्दा सम्पूर्ण देशभर अन्धकार भएको थियो ।

कमजोर अर्थतन्त्र, राम्रो प्रबन्ध मिलाउन नसक्नु र भण्डारण सुविधाको अभाव जस्ता कारकहरूको संयोजनका कारण पाकिस्तान लामो समयदेखि ऊर्जा अभावबाट ग्रस्त छ ।अस्पतालहरू प्रायजसो जेनेरेटरहरूसँग ब्याकअप हुन्छन् जबकि विद्यालयहरूले आफ्नो कक्षा कोठा तताउन ग्यास प्रयोग गर्छन् ।

यस हिउँदमा लोडसेडिङले घरेलु घरपरिवार र कपडा उत्पादनलगायतका उद्योगहरूलाई असर गरेको छ, पाकिस्तानको सबैभन्दा ठूलो उद्योगहरूमध्ये एक, केही प्लान्टहरू अस्थायी रूपमा बन्द छन् ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ३ : ४६ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक