विप्रेषणलाई उत्पादनमूलक उद्योगमा प्रोत्साहन गर्न सरकारसँग चेम्बरको आग्रह « Khabarhub

विप्रेषणलाई उत्पादनमूलक उद्योगमा प्रोत्साहन गर्न सरकारसँग चेम्बरको आग्रह


९ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल चेम्बर अफ कमर्सले विप्रेषणलाई उत्पादनमूलक उद्योगमा प्रोत्साहन गर्ने नीति बनाउन सरकारसँग आग्रह गरेको छ । विप्रेषणको अधिकांश हिस्सा उपभोगमा मात्रै खर्च भएकाले उत्पादनमूलक क्षेत्रमा प्रभावकारी नीतिसहित युवाको लगानीलाई प्रोत्साहन गर्न चेम्बरले आग्रह गरेको हो । 

चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहितको टोलीले आज नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भेट गरी औद्योगिक उत्पादन वृद्धि गरी निर्यात प्रवर्द्धन गर्न एवं विभिन्न आर्थिक विधेयकलाई अगाडि बढाउन आग्रह गरेको छ । अध्यक्ष मल्लले भने, ‘मुलुक विप्रेषणका भरमा चलेको छ । युवाले पठाएको पैसाको ठूलो हिस्सा उपभोगमै खर्च भएको छ । स्पष्ट नीति र कानून बनाएर उद्योगमा लगानीको वातावरण बनाउने हो भने निर्यात प्रवर्द्धन गर्न सकिन्छ ।’

सो अवसरमा मन्त्री भण्डारीले औद्योगिक नीतिमा सुधार गर्ने काम सरकारको उच्च प्राथमिकतामा रहेको बताए । उद्योगको क्षमता विस्तार गरेर ५० लाख युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने गरी सरकारले योजना बनाइरहेको उनको भनाइ थियो । 

मन्त्री भण्डारीले भने , ‘संसद्को पहिलो बैठकमै रोजगारीको विषयले प्राथमिकता पाएको छ । उद्योगको क्षमता विस्तार गरेर विदेशमा रहेका युवालाई स्वदेशमै रोजगारी दिलाउने सरकारको मुख्य प्राथमिकता हो ।’ औद्योगिक क्षमता विस्तार गरेर निर्यात प्रवर्द्धन गर्ने नीति सरकारको साझा न्यूनतम कार्यक्रममा समेत उल्लेख भएकाले सरकार अब रणनीतिका साथ अघि बढ्ने मन्त्री भण्डारीको भनाइ छ । 

 

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ७ : ५७ बजे

युवा जलवायु सम्मेलन विपद् न्यूनीकरणको आधार बन्नुपर्छ : मन्त्री खड्का

कर्णाली– कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा

विराटनगरले काठमाडौँलाई दियो ८४ रनको सामान्य लक्ष्य

काठमाडौँ – विराटनगर किंग्सले काठमाडौँ गोर्खाजलाई ८४ रनको सामान्य लक्ष्य

गृहमन्त्रीको निर्देशन- प्रदर्शन व्यवस्थापनमा मानव अधिकार संरक्षणलाई प्राथमिकता दिनू

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले सार्वजनिक प्रदर्शन तथा भीड नियन्त्रणका

न‍वौँ चीन अन्तर्राष्ट्रिय आयात एक्सपो साङ्घाईमा, ४ हजारभन्दा बढी विदेशी प्रदर्शक सहभागी

साङ्घाई- चीनको साङ्घाईमा नवौँ चीन अन्तर्राष्ट्रिय आयात एक्सपो (सीआईआईई) बिहीबारदेखि

लगानीको वातावरण देखाउन नेपाल पूर्वाधार सम्मेलन निकै महत्त्वपूर्ण

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वास्तविक लगानीको वातावरण देखाउनका लागि