कोदो खेती गर्नेलाई नगरपालिकाको अनुदान « Khabarhub

कोदो खेती गर्नेलाई नगरपालिकाको अनुदान


९ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको राइनास नगरपालिकाले परम्परागत अन्नवाली कोदो खेती प्रवर्द्धनका लागि कृषकलाई अनुदान दिन थालेको छ ।व्यावसायिक रुपमा उत्पादन वृद्धिका लागि कोदो खेती गर्ने किसानलाई उत्पादनका आधारमा अनुदान दिन थालेको हो ।

सम्भाव्यताको आधारमा कृषिलाई प्राथमिकता दिएको नगरपालिकाले उत्पादित कोदोको परिणाम अनुसार न्यूनतम बजार मूल्यमा २५ प्रतिशत नगद अनुदान दिएको हो ।

नगरपालिकाको मूल्य निर्धारण समितिले बजार मूल्यलाई मध्यनजर गरी तोकेको मूल्यअनुसार नै किसानलाई अनुदान रकम वितरण गरिएको राइनास नगरपालिका प्रमुख खड्गबहादुर गुरुङले बताए ।

नगरपालिकाले प्रतिकेजी कोदोमा ११ रुपैयाँ नगद अनुदान दिएको नगरप्रमुख गुरुङले बताए ।नगद अनुदानको साथमा नगरपालिकाले किसानलाई कोदो संकलनका लागि बोरासमेत उपलब्ध गराएको जनाएको छ ।

चालु आर्थिक वर्षबाट कार्यन्वयनमा ल्याएको अनुदान कार्यक्रमअन्तरगत हालसम्म तीन लाख २८ हजार अनुदान वितरण गरिसकेको कृषि प्राविधिक सन्तोस जोशीले बताए ।

यस वर्ष राइनास नगरपालिकामा मात्रै करिब ७० हजार केजी कोदो उत्पादन भएको नगपालिकाको प्रारम्भिक तथ्यांक छ ।किसानलाई कोदो खेतीतर्फ अर्कषित गर्न ल्याएको कोदो संरक्षण गर्न नीति तथा अनुदानको कार्यक्रमले रैथाने बाली कोदोको संरक्षण तथा उत्पादनमा वृद्धिसँगै कोदो खेतीतर्फ किसानको आर्कषण बढ्ने अपेक्षा लिइएको छ ।

कोदोमा अनुदानको लागि नगरपालिकाले चालु आर्थिक वर्ष १० लाख बजेट विनियोजन गरेको छ ।राइनासमा विशेष गरी वडा नं ९ स्थित कुवापानी र राम्चे तथा वडा नं। १० अन्तरगतको क्षेत्रमा धेरै कोदो उत्पादन हुने गरेको छ । कोदो उत्पादन हुने स्थानमा अन्य खेती गर्दा कोदोको उत्पादन कम हुने तथा जग्गा बाझै हुन थालेपछि किसानलाई कोदो खेतीतर्फ प्रोत्साहन गर्न अनुदानको कार्यक्रम ल्याएको राइनास नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ८ : ०२ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको