उर्लाबारीमा जग्गा विकास तथा हाउजिङ निर्देशिका जारी « Khabarhub

उर्लाबारीमा जग्गा विकास तथा हाउजिङ निर्देशिका जारी


११ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

उर्लाबारी– मोरङको उर्लाबारी नगरपालिकाले जथाभावी हुने प्लटिङ र अव्यवस्थित बसोबासलाई व्यवस्थित तथा योजनाबद्ध बनाउन जग्गा विकास तथा हाउजिङ निर्माणसम्बन्धी निर्देशिका-२०७९ स्वीकृत गरेको छ । उर्लाबारीको बढ्दो सहरीकरण व्यवस्थित गर्न जथाभावी हुने प्लटिङ व्यवसाय रोकी जमिनको संरक्षण गर्न पालिकाले निर्देशिका जारी गरेको नगरपालिकाले जनाएको छ । 

यसअघि जग्गा कित्ताकाट खुला गरेको नगरपालिकाले जथाभावी हुने प्लटिङ र अव्यवस्थित बसोबास व्यवस्थित र योजनाबद्ध बनाउन जग्गा विकास तथा हाउजिङ निर्माणसम्बन्धी निर्देशिका कार्यपालिका बैठकबाट स्वीकृत गरेको हो ।  

बढ्दो शहरीकरणमा ध्यान दिँदै भविष्यमा हुने जोखिम अहिलेदेखि नै नियन्त्रण गर्न निर्देशिका जारी गरेको उर्लाबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताए। अधिकारीले भने, ‘सहरको विकासको दीर्घकालीन पक्ष हेरेर निर्देशिका जारी गरिएको छ, यसले जथाभावी हुँदै आएको प्लटिङ व्यवसाय नियन्त्रण गरी, व्यवस्थित सहर निर्माणमा सहयोग पुर्‍याउनेछ ।’

निर्देशिका लागू भएपछि जथाभावी निर्माण हुने घर, सडक पूर्वाधार, संरचनालगायतलाई रोक लगाउँदै व्यवस्थित सहरको विकासमा सहयोग पुग्ने नगरप्रमुख गङ्गाप्रसाद खरेलको भनाइ छ ।

खरेलले भने, ‘व्यक्तिले जथाभावी जमिन खण्डिकरण गरी चिराचिरा पारेका कारण कतिपय ठाउँमा उर्बर जग्गासमेत प्लटिङमा परिणत भएका छन्, त्यसले कृषि उत्पादन हरेक वर्ष घट्दो छ । हाम्रो पालिका कृषिमा निर्भर नगरपालिका हो, कृषि क्षेत्रको संरक्षण गरी बढ्दो सहरीकरण व्यवस्थित गर्न यो निर्देशिका जारी गरिएको हो ।’

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार  ८ : १८ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड