जबरजस्ती करणीको आशंकामा एक जना पक्राउ | Khabarhub Khabarhub

जबरजस्ती करणीको आशंकामा एक जना पक्राउ


११ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– फरक क्षमताकी महिलामाथि जबरजस्ती करणीको आशंकामा प्रहरीले एकजना पुरुषलाई पक्राउ गरेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका-७ का वर्ष २४ का राज लामिछानेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

चागुनारायण-५ छालिङमा बस्ने राजकुमार गिरीले सञ्चालन गरेको सुनसान गेष्ट हाउसको कोठामा रहेको बाथरुममा करिब २२ वर्षकी महिला ढलिरहेको भन्ने सूचनाका आधारमा प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी निरीक्षक सुदन केसीको नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो ।

प्रहरी अनुसन्धानबाट ती युवती राति १० बजेको समयमा राज लामिछानेसँग उक्त गेष्ट हाउसमा बसेकी खुलेको छ । घटनापछि  फरार रहेका  लामिछानेलाई सिसिटिभी फुटेज आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

बाथरुममा अचेत अवस्थामा फेला परेकी ती युवती बोल्न नसक्ने फरक क्षमताकी छन् । नामथर खुल्न नसकेकी उनको उद्धार गरी भक्तपुर अस्पतालमा उपचारको लागी पठाइएको जनाएको छ ।

ती युवतीमाथि जबरजस्ती करणी भएको हुन सक्ने आशंकमा यौनजन्य स्वास्थ्य परीक्षण लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । गेष्ट हाउस सञ्चालक भक्तपुर चागुनारायण-५ बस्ने वर्ष ४१ को राजकुमार गिरीलाई पनि पक्राउ गरेको प्रहरी परिसरले जनाएको छ ।  

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार  ११ : ०२ बजे

झापा इनर्जीको आईपीओ बिक्री खुल्ला 

काठमाडौं – झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ)

वर्ल्ड लिंकमा अब फेसबुकसहित दर्ता नभएका सामाजिक सञ्जाल नचल्ने

काठमाडौं – सरकारले बन्द गरेको सामाजिका सञ्जाल अब वर्ल्ड लिंकमा

बर्दिबासमा क्षयरोगीको सङ्ख्या उच्च

महोत्तरी– महोत्तरीको सुदूर उत्तरवर्ती बर्दिबास नगरपालिका क्षेत्रमा क्षयरोगीको सङ्ख्यामा वृद्धि

जीवित सांस्कृतिको प्रतीक मजिपा लाखे

काठमाडौं – उपत्यकाकाको सांस्कृतिक जीवन बुझ्न हामीले केवल मन्दिर, जात्रा

सुदूरपश्चिमको हुडकेली लोकनृत्य लोप हुँदै

कञ्चनपुर– सुदूरपश्चिमको ऐतिहासिक लोकनृत्य हुडकेली लोप हुने सङ्घारमा पुगेको छ