नेपालका प्रथम रक गायक खड्काको निधन « Khabarhub

नेपालका प्रथम रक गायक खड्काको निधन


११ फाल्गुन २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


708
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका प्रथम रक गायक माइक खड्काको निधन भएको छ । ६९ वर्षीय खड्काको आज बिहान उनकै निवास पुल्चोकमा निधन भएको हो । 

नेपाली, अंग्रेजी, हिन्दी गीत संगीतका ज्ञाता माइक खड्का नेपाली जनमानसमा नेपालका एल्भिस प्रेस्ले भनेर पनि चिनिन्छन् । उनले विधिवत रुपमा शास्त्रीय गायक रंगराव कादम्बरीबाट संगीत सिकेका थिए ।

उनले गायक ओमविक्रम विष्ट, अरुण थापा , दिव्य खालिँग र नेपालको पुरानो सांगीतिक व्याण्ड फ्रिडमसित पनि सांगीतिक सहकार्य गरेका छन्। केही अंग्रेजी गीत रेकर्ड गराएका खड्काले सो एल्बम रिलिज गर्न पाएनन् ।

सन् १९५५ जनवरी १४ का दिन ललितपुर जावलाखेलमा जन्मिएका खड्का क्लासिक एफएम का निर्देशक पनि थिए । 

उनकी पत्नी र एक छोरा छन् । 

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ११ : ५४ बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर