सत्तालाई अन्तिम सत्य मान्ने भ्रमबाट मुक्त छौँ : ओली « Khabarhub

सत्तालाई अन्तिम सत्य मान्ने भ्रमबाट मुक्त छौँ : ओली


११ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ताका लागि जस्तोसुकै सम्झौता गर्ने र आफ्नो मूल्य एवं आदर्शलाई पन्छाएर सत्ता नै अन्तिम सत्य मान्ने भ्रमबाट आफ्नो पार्टी मुक्त रहेको बताएका छन् ।

एमालेको संगठन सुदृढीकरणका लागि सञ्चालित ‘मिसन ग्रासरूट’ अभियानका सन्दर्भमा ‘निर्वाचनपछिको राष्ट्रिय राजनीति, नयाँ सत्ता सहकार्य, अवसर एवं चुनौती’बारे उल्लेख गर्दै उनले गत पुस १० गते सहमतिका आधारमा प्रतिनिधिसभा र प्रदेशसभामा राजनीतिक दलको शक्ति सन्तुलनमा सरकार गठन हुनु राजनीतिमा आएको सकारात्मक परिवर्तन भएको बताए ।

अध्यक्ष ओलीका अनुसार सरकारले आफ्नो नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गरिसकेको छ भने पुँजी बजारमा सकारात्मक प्रभाव देखिएको छ । ‘विदेशी मुद्रा सञ्चितिमा सुधार, विप्रेषणमा वृद्धि एवं अनावश्यक खर्च कटौती जस्ता सुधारका कदमले सङ्कटग्रस्त अर्थतन्त्रका क्षेत्रमा सकारात्मक सुधार देखिनुका साथै प्रदेशमा १६ वटा मन्त्रालय घटाउने निर्णयले जनतामा राम्रो प्रभाव परेको छ’, अध्यक्ष ओलीले भने । 

वर्तमान सरकारका काम सकारात्मक रहेको टिप्पणी गर्दै उनले अहिलेको सत्ता सहकार्यलाई भत्काएर पुरानै गठबन्धन स्थापित गर्ने र नेपाललाई अस्थिरतातिर धकेल्ने काम भएको र यसले लोकतन्त्रलाई कमजोर बनाउने दाबी पनि गरे । 

अध्यक्ष ओलीले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न, लोकतन्त्रलाई सुदृढ र परिणाममुखी बनाउन तथा जनतालाई परिवर्तनको अनुभूतिसहित सुशासन र समृद्धिको यात्रामा लैजान एमाले सदैव लागिरहेको बताए । उनले पार्टी राष्ट्रियहित, स्वाभिमान र परिणाममुखी नतिजाका लागि जनताका पक्षमा उभिएको पनि सो निर्देशनमा उल्लेख गरे । साथै दाउपेच, षड्यन्त्र र विश्वासघातमाथि आधारित राजनीतिको आयु लामो नहुने पनि अध्यक्ष ओलीको भनाइ छ । 

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार  १२ : ३५ बजे

कसैको आलोचना गरेर वा ढुङ्गा हानेर गन्तव्यमा पुगिँदैन : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कसैको आलोचना गरेर वा

नेदरल्याण्ड्सविरुद्ध नेपालले गुमायो छैठौँ विकेट, गुलशन आउट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले छैटौँ विकेट

दक्षिणी थाइल्यान्डमा सुरक्षा चौकीमा आक्रमण, पाँच सैनिकको मृत्यु

बैंकक– पृथकतावादी विद्रोहबाट प्रभावित दक्षिणी थाइल्यान्डमा सुरक्षा चौकीमाथि भएको गोलाबारी

चोभारमा बागमती नदीमा पौडी खेल्ने क्रममा एकजना बेपत्ता, खोजी कार्य जारी  

काठमाडौं– काठमाडौंको चोभारस्थित बागमती नदीमा पौडी खेल्ने क्रममा एकजना व्यक्ति बेपत्ता

प्रधानमन्त्री बालेनको उद्योगी व्यवसायीसँग श्रृंखलाबद्ध भेटघाट, अर्थतन्त्र चलायमानमा कति फरक पर्ला ?

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ सरकार बनेको एक सय दिनसम्म