गैरकानुनी रूपमा युक्रेन प्रवेश नगर्न नेपाली दूतावासको आग्रह « Khabarhub

गैरकानुनी रूपमा युक्रेन प्रवेश नगर्न नेपाली दूतावासको आग्रह


११ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– युद्धग्रस्त मुलक युक्रेनमा अहिले पनि नेपाली जाने गरेको पाइएको छ।युक्रेन मामिलासमेत हेर्दै आएको जमर्नीको बर्लिनमा रहेको नेपाली दूतावासका अनुसार अहिले पनि नेपालीहरू विभिन्न माध्यमबाट युक्रेन पुग्ने गरेका छन्।

त्यहाँबाट सिमावर्ती युरोपेली मुलकमा प्रवेश गर्न पाइने आशामा नेपालीहरू जोखिम मोलेर युक्रेन पसिरहेको दूतावासको भनाइ छ।विगत १ वर्षदेखि रुस र युक्रेनबीच युद्ध चलिरहेको छ। युद्ध चर्किएसँगै युक्रेनमा रहेका ६ सयभन्दा बढी नेपालीलाई गैरआवासीय नेपाली संघ तथा विभिन्न अन्तर्राष्ट्रिय संघ–संस्थाको समन्वयमा दूतावासले त्यत्तिबेला उद्धार गरेको थियो।

युद्ध चर्किएपछि त्यत्तिबेला उनीहरूलाई युक्रेनसँग जोडिएका छिमेकी मुलुकहरूले मानवीयताको हिसावले सुरक्षित रहन प्रवेश दिएका थिए। तीमध्ये कतिपय नेपाल फर्किएका थिए भने केही नेपालीहरू पोल्याण्ड, पोर्चुगललगायतका मुलकमा बसेका थिए।

तर, अहिले भने यस्तो सुविधा छिमेकी मुलुकहरूले दिएका छैनन्।दूतावासका अनुसार गत जनवरी तेस्रो सातादेखि युक्रेनसँग सिमाना जोडिएका युरोपेली मुलकहरूले युक्रेनमा रहेका नेपालीलगायत अन्य देशका नागरिकहरुलाई आफ्नो देश प्रवेश गर्न नदिने घोषणा गरिसकेका छन्।

तर, नेपालीहरू भने पहिला जस्तै युरोप प्रवेश गर्न पाइने आशामा जोखिम मोलेर युद्धग्रस्त मुलुक युक्रेन पुग्ने गरेका छन्। विभिन्न प्रलोभनमा परी नेपाली युक्रेन छिर्न थालेको दूतावासको भनाइ छ।

‘यस्तो विषम परिस्थितिमा पनि विभिन्न प्रलोभनमा परी वा स्वेच्छाले यूक्रेनको यस्तो जटिल अवस्थाबाट फाइदा लिइ युरोपका अन्य मुलुकमा प्रवेश गरी पलायन हुने मनासायका साथ अझ पनि केही नेपालीहरू गैर–कानूनी रुपमा युक्रेन प्रवेश गरिराखेको बुझिएको छ,’ बर्लिनस्थित नेपाली दूतावासको भनाइ छ।

गैरकानूनी तरवरले युक्रेन प्रवेश गर्ने नेपालीलाई त्यहाँबाट सिमावर्ती देशमा जान सम्बन्धित मुलकको युक्रेनस्थित दूतावास वा सिमानामा रहेको अध्यगामनबाट भिसाको आवश्यकता पर्दछ। तर, गत जनवरीदेखि यी प्रक्रिया सबै बन्द भइसकेका छन्।

‘युक्रेनमा हाल अन्तर्राष्ट्रिय उडान समेत स्थगित भएको सन्दर्भमा यस राजदूतावासबाट यात्रा अनुमति जारी भइ त्यहाँबाट बहिर्गमन हुनसक्ने अवस्था पनि नभएकोले कुनैपनि नेपाली नागरिकले कसैको प्रलोभनमा परी वा स्वेच्छाले कुनै पनि माध्यमबाट युक्रेन प्रवेश नगर्न यस राजदूतावास सबैलाई अनुरोध गर्दछ,’ दूतावासले विज्ञप्तिमार्फत भनेको छ।

दूतावासले गैरकानूनी तरवरले युक्रेन प्रवेश नर्गन चेतावनी दिएको छ। जोखिम मोलेर युक्रेन पुगि समस्यामा परे त्यस्ता व्यक्तिलाई कुनै पनि सहयोग गर्न नसकिने दूतावासले जनाएको छ।

‘यस्तो अवस्थामा पनि यो सूचनालाई वेवास्ता गरी गैर कानूनी रुपमा युक्रेन प्रवेश गरेमा त्यसबाट उत्पन्न हुने असहज परिस्थितिका लागि सम्बन्धित व्यक्ति स्वयं जिम्मेवार हुने जानकारी गराइन्छ,’ दूतावासले भनेको छ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार  ९ : २३ बजे

रामहरि श्रेष्ठ हत्या प्रकरण : गोविन्दबहादुर बटालालाई १० वर्ष कैद सजाय

काठमाडौं– सर्वोच्च अदालतले कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठ हत्या प्रकरणमा दोषी

संविधान संशोधन कार्यदलद्वारा पूर्वप्रधानमन्त्रीत्रयसँग सुझाव संकलन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित

काठमाडौंमा हिमालयन रिम फिल्म प्रदर्शनी सुरु, वुसिया संस्कृति र एआई प्रविधिबीच संवाद

काठमाडौं – ‘२०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी’ काठमाडौंमा सुरु भएको

विश्वकपमा युद्धको छाया, इरानी समर्थकको टिकट कोटा पनि रद्द

काठमाडौं– पश्चिम एशियामा जारी युद्धको प्रभाव विश्वभर परिरहेका बेला फुटबलको

‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा

काठमाडौं– सरकारले काठमाडौं उपत्यकाका भूमिहीन तथा अव्यवस्थित बसोबासका नागरिकलाई दुर्घटना