दार्चुला बहुमुखीमा अनेरास्ववियुका धामी विजयी « Khabarhub

दार्चुला बहुमुखीमा अनेरास्ववियुका धामी विजयी


९ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

दार्चुला – सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस दार्चुला बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)का साझा उम्मेदवार कृष्ण धामी विजयी भएका छन् । बुधबार सम्पन्न निर्वाचनमा नेपाल विद्यार्थी संघका उम्मेदवार भानबहादुर पाललाई ६९ मतले पराजित गरेका हुन् ।

हिजो राति अबेर सम्पन्न मत गणना अनुसार अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीका साझा उम्मेदवार धामीले कुल खसेको मतको दुई ७५ मत प्राप्त गरेका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी पालले दुई सय ६ मत ल्याएका थिए। स्वतन्त्र उम्मेदवार अनिलचन्द्र जोशीले १६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

यस्तै, स्ववियुको सचिवमा नेविसंघका जवनसिंह डडाल २ सय ५३ मतसहित विजयी भएका छन् । डडालका प्रतिद्वन्द्वी अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीका साझा उम्मेदवार धनसिंह धामीले २ सय ४० मत प्राप्त गरेका थिए। कोषाध्यक्षमा भने साझा उम्मेदवार अनेरास्ववियुकी मनिषा डडाल विजयी भइन् । उनले २ सय ७० मत ल्याइन भने उनका निकटतम् प्रतिस्पर्धी नेविसंघका विजया जोशीले २ सय १६ मत ल्याएको निर्वाचन समिति संयोजक धाना धामीले जानकारी दिइन् ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार  ९ : ३३ बजे

एनपीएलमा विराटनगर किङ्ग्सको जित, काठमाडौं गोर्खाज ५ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबार भएको दोस्रो खेलमा

कांग्रेसको निष्कर्ष : वर्तमान अवस्थाको उचित राजनीतिक निकास निर्वाचन

पाटन– नेपाली कांग्रेसले देशमा उत्पन्न वर्तमान अवस्थाको उचित राजनीतिक निकास

विराटनगरले गुमायो पाचौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबार जारी दोस्रो खेलमा

विराटनगरले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबार जारी दोस्रो खेलमा

काबुल–इस्लामावाद तनावले पाकिस्तानमा रहेका अफगान आप्रवासी प्रभावित

एजेन्सी– काबुल र इस्लामाबाद बिच बढ्दो तनावले पाकिस्तानमा बसोबास गर्दै