भूमिहीन, अव्यवस्थित बसोबासी र सुकुम्बासीको तथ्याङ्क सङ्कलन « Khabarhub

भूमिहीन, अव्यवस्थित बसोबासी र सुकुम्बासीको तथ्याङ्क सङ्कलन


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

बैतडी – बैतडीका पाँच स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलन गर्ने काम सम्पन्न भएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति बैतडीका अध्यक्ष धर्मसिंह ऐर (कपिल)का अनुसार पञ्चेश्वर, सुर्नया, शिवनाथ गाउँपालिका, पुर्चौँडी र पाटन नगरपालिकामा तथ्याङ्क सङ्कलन गर्ने काम सम्पन्न भएको हो ।

तथ्याङ्क सङ्कलन भएका यी पालिकाले लगत सङ्कलनको काम सकेर आयोगमा तथ्याङ्क प्रविष्ट गरिसकेको जनाएको छ । सङ्कलित तथ्याङ्कमा पञ्चेश्वर गाउँपालिकामा दुई सय ४५ भूमिहीन दलित, छ परिवार भूमिहीन सुकुम्बासी र तीन सय ९६ परिवार अव्यवस्थित बसोबासी, सुर्नया गाउँपालिकामा सात परिवार भूमिहीन दलित, १६ परिवार भूमिहीन सुकुम्बासी र १९ परिवार अव्यवस्थित बसोबासी, शिवनाथ गाउँपालिकामा ४८ परिवार भूमिहीन दलित, सात परिवार भूमिहीन सुकुम्बासी र तीन सय ४६ परिवार अव्यवस्थित बसोबासी रहेका छन् ।

यस्तै पुर्चौंडी नगरपालिकामा ५७ परिवार भूमिहीन दलित, १६ परिवार भूमिहीन सुकुम्बासी र ४९ परिवार अव्यवस्थित बसोबासी, पाटन नगरपालिकामा ५७ परिवार भूमिहीन दलित, ६४ परिवार भूमिहीन सुकुम्बासी र एक सय ५१ परिवार अव्यवस्थित बसोबासी रहेका कार्यालयले जनाएको छ । दश स्थानीय तह रहेको बैतडीका अन्य पालिकाले तथ्याङ्क सङ्कलन गरेका भए पनि विवरण बुझाउन ढिलाइ गरिरहेका ऐरको भनाइ छ ।

जिल्लाका सबै स्थानीय तहलाई तथ्याङ्क सङ्कलन गरिदिन पटक–पटक आग्रह गरिएको भए पनि चासो नदिएकोले ढिलाइ भएको राष्ट्रिय भूमि आयोग जिल्ला समिति बैतडीका सदस्यसचिव एवं नापी कार्यालय बैतडीका प्रमुख विवेक चन्दले बताए । उनले भने, “दशवटै पालिकाले तथ्याङ्क सङ्कलनका लागि भूमि आयोगसँग सम्झौता गरिसकेका भए पनि तथ्याङ्क सङ्कलन गरेर नपठाउँदा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको व्यवस्थापनको काममा पनि समस्या भएको छ ।”

स्थानीय तहहरूले सङ्कलन गरेको तथ्याङ्क ‘इन्ट्री’ गरेर केन्द्रीय कार्यालय पठाइने र त्यसपछि लालपुर्जा वितरणको प्रक्रिया अगाडि बढ्ने राष्ट्रिय भूमि आयोग जिल्ला समिति बैतडीले जनाएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ८ : ०३ बजे

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक