तनहुँ १ का उम्मेदवार स्वर्णिम र सर्वेन्द्रले भोट हाल्न नपाउने « Khabarhub

तनहुँ १ का उम्मेदवार स्वर्णिम र सर्वेन्द्रले भोट हाल्न नपाउने


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

दमौली – तनहुँ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन जारी छ ।

सो निर्वाचन क्षेत्रमा मुख्य प्रतिस्पर्धी मानिएका नेकपा एमालेका सर्वेन्द्र खनाल र रास्वपाका डा. स्वर्णिम वाग्लेले मतदान गर्न नपाउने भएका छन्।

नेकपा एमालेका उम्मेदवार खनाल र रास्वपाका उम्मेदवार वाग्लेको तनहुँ जिल्लामा मतदाता नामावलीमा नाम नभएकाले मतदान गर्न नपाउने भएका हुन् ।

नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले भने व्यास नगरपालिका–११ बेल्टारीस्थित तनहुँ आधारभूत प्रावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण रुपमा भइरहेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ । मतदान साँझ ५ बजेसम्म चल्ने छ । उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ मा एक लाख २३ हजार ३५० मतदाता छन् ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ८ : ४१ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार