तनहुँ १ का उम्मेदवार स्वर्णिम र सर्वेन्द्रले भोट हाल्न नपाउने « Khabarhub

तनहुँ १ का उम्मेदवार स्वर्णिम र सर्वेन्द्रले भोट हाल्न नपाउने


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

दमौली – तनहुँ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन जारी छ ।

सो निर्वाचन क्षेत्रमा मुख्य प्रतिस्पर्धी मानिएका नेकपा एमालेका सर्वेन्द्र खनाल र रास्वपाका डा. स्वर्णिम वाग्लेले मतदान गर्न नपाउने भएका छन्।

नेकपा एमालेका उम्मेदवार खनाल र रास्वपाका उम्मेदवार वाग्लेको तनहुँ जिल्लामा मतदाता नामावलीमा नाम नभएकाले मतदान गर्न नपाउने भएका हुन् ।

नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले भने व्यास नगरपालिका–११ बेल्टारीस्थित तनहुँ आधारभूत प्रावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण रुपमा भइरहेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ । मतदान साँझ ५ बजेसम्म चल्ने छ । उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ मा एक लाख २३ हजार ३५० मतदाता छन् ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ८ : ४१ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा