राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको अध्यक्षमा थम्मन केसी  « Khabarhub

राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको अध्यक्षमा थम्मन केसी 


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको अध्यक्षमा थम्मन केसी निर्वाचित भएका छन् । 

सदरमुकाम सन्धिखर्कमा यही वैशाख ८ र ९ गते सम्पन्न अधिवेशनले केसीको नेतृत्वमा नयाँ कार्यसमितिको सर्वसम्मत चयन गरेको हो । 

सन्धिखर्कमा आज पत्रकार सम्मेलन गरी दिइएको जानकारी अनुसार अधिवेशनले जिल्ला सचिवमा बाबुराम पन्थी सुनारलाई निर्वाचित गरेको छ । सुनार भूमिकास्थान नगरपालिका वडा नम्बर ४ का निर्वाचित वडाअध्यक्ष समेत हुन् । 

अधिवेशनको जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले उद्घाटन गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी बाहेक जिल्लामा क्रियाशील सबै पार्टीलाई आमन्त्रण गरिएको थियाे ।

 अध्यक्ष केसीले राष्ट्रियता कमजोर बनिसकेको भन्दै आम जनता सचेत बन्नुपर्ने समेत बताएका थिए ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ५ : ३७ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी