मालीमा भएकाे आक्रमणमा परी नौ सर्वसाधारणको मृत्यु « Khabarhub

मालीमा भएकाे आक्रमणमा परी नौ सर्वसाधारणको मृत्यु


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – मध्य मालीको एक विमानस्थल क्षेत्रमा सशस्त्र आतङ्कवादी समूह (जीएटी) ले शनिबार बिहान गरेको कार बम आक्रमणमा परी कम्तीमा नौ सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य ६१ जना घाइते भएका छन् ।

मोप्टी प्रान्तको सेवरे विमानस्थल क्षेत्रमा रहेको ‘हवाइ शिविर १०२’ लाई लक्षित गरी गरिएको आक्रमणमा ‘महत्वपूर्ण भौतिक क्षति’ भएको मोप्टी प्रान्तको सञ्चार एकाइले जनाएको छ ।मोप्टी क्षेत्रका गभर्नर कर्णेल मेजर अबास डेम्बेले घटनास्थलमा पुगेर सोमिने डोलो अस्पतालमा घाइतेहरूलाई भेटेका छन् ।

सशस्त्र बलको सूचना तथा जनसम्पर्क निर्देशनालय (दिर्पा) ले शनिबार ट्विटरमा मालीको सशस्त्र बलले सेवारे शिविर र विमानस्थलवरपर ‘जटिल आक्रमण’ विफल पारेको घोषणा गरेको थियो ।

उनले भने, “पहिलो मिनेटदेखि नै स्थिति नियन्त्रणमा आएको छ । कारबाही जारी छ ।” सेनाको ड्रोन आक्रमणबाट विस्फोटक पदार्थले भरिएका तीन वटा सवारी साधन नष्ट भएको बताइएको छ ।

सन् २०१२ देखि माली सुरक्षा, राजनीतिक र आर्थिक स्तरमा बहुआयामिक सङ्कटमा फसेको छ । स्वतन्त्रता विद्रोह, जिहादी आक्रमण र अन्तर–साम्प्रदायिक हिंसाका कारण पश्चिम अफ्रिकी राष्ट्रमा यो अवधिमा हजारौं मानिसको मृत्यु भएको छ भने लाखौं विस्थापित भएका छन् ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ८ : २१ बजे

सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

काठमाडौँ – सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा शनिबार बिहान

बाढीले सडक बगाएपछि रसुवाका बाढीपीडितलाई ‘ड्रोन’को सहारा

काठमाडौँ – आजभोलि रसुवाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा बेलाबेलामा ड्रोन उडिरहेको

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित