विभिन्न स्थानबाट लागूऔषधसहित ५ जना पक्राउ | Khabarhub Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित ५ जना पक्राउ


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानबाट पाँचजना लागूऔषधसहित पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-३२ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन १० ग्राम ५ सय मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ७० हजार रुपैयाँसहित पाँचथर फिदिम नगरपालिका-१० ठेगाना भएका ३९ वर्षीय दिनेश लोवालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधार लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरीले उनको साथबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ५ सय मिलिग्राम र सोही ठाउँस्थित डेरा कोठाबाट थप ९ ग्राम खैरो हेरोइन, डिजिटल तराजु १ थान र नगद ७० हजार रुपैयाँ बरामद गरेको हो ।  

ललितपुरको महालक्ष्मी नगरपालिका-८ लुभुबाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्रामसहित पाँचथर फिदिम नगरपालिका-१ ठेगाना भएका २९ वर्षीय निश्चत श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।  

कैलालीको टीकापुर नगरपालिका-९ खैरीपुरबाट अवैध लागूऔषध खैरो हेरोइन करिब २ सय मिलिग्रामसहित गौरीगंगा नगरपालिका-६ बस्ने १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सत्तीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

महोत्तरीको एकडारा गाउँपालिका-३ अजमरपट्टीबाट अवैध लागूऔषध गाँजा करिब १ सय केजीसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर भिमफेदी गाउँपालिका-१ बस्ने २९ वर्षीय रुपेश गोले र सोही ठाउँ बस्ने २६ वर्षीय अनिल पाख्रिन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले प्रदेश ३-००१ क ०२६९ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारी ट्रकका चालक रुपेश र सहचालक अनिललाई पक्राउ गरेको हो । 

 

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  ३ : ४३ बजे

अमेरिकी सरकारी सटडाउन अन्त्यतर्फ सिनेटको निर्णायक पहल

एजेन्सी– अमेरिकी इतिहासमा सबैभन्दा दीर्घकालीन सरकारी सटडाउन ४०औँ दिनमा पुग्दा

उन्नत जातका धानखेतीतर्फ आकर्षण किसान 

गलेश्वर– गुणस्तरभन्दा उत्पादनलाई प्राथमिकता दिँदै उन्नत जातको धानबालीतर्फ जिल्लाका किसान

बैतडी कारागारका कैदीबन्दीलाई स्थानान्तरण गरिँदै

बैतडी–  जिल्ला कारागारका सबै कैदीबन्दीलाई स्थानान्तरणको तयारी गरिएको छ ।

मुख्यमन्त्री नियुक्तिविरूद्ध कांग्रेससहित मधेशका सात दल सर्वोच्च जाने

जनकपुरधाम- मधेश प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई

आगलागीमा जलेर एक जनाको मृत्यु

महोत्तरी– मनराशिसवा नगरपालिका-१० मरूवाही बस्ने बिकाउ पासवानको गोठमा आइतबार राति आगलागी हुँदा