मुगुको छायाँनाथ रारा नगरपालिकाद्वारा नीति तथा कार्यक्रमका लागि सुझाव संकलन « Khabarhub

मुगुको छायाँनाथ रारा नगरपालिकाद्वारा नीति तथा कार्यक्रमका लागि सुझाव संकलन


८ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

मुगु- मुगुको छायाँनाथ रारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमका लागि नागिरकसँग सुझाव संकलन गरेको छ ।

शुक्रबार एक कार्यक्रमबीच विकास निर्माण, कृषि, शिक्षा, स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै नगरपालिकाले १३ औं नगरसभाको पूर्वसन्ध्यामा समृद्ध नगर निर्माणका लागि नागिरकले सुझाव दिएका छन् । नगरपालिकाले  सरोकारवालाबाट सुझाव संकलन गरेको छायानाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले बताए ।

उनका अनुसार जिल्लामै पहिलो पटक नागिरकसँग सुझाव माग्ने भनेकै छायाँनाथ रारा नगरपालिका हो । यसले गर्दा विकास निर्माणमा नागिरकसँग फलदायी देखिने हुँदा यस कार्यक्रमको थालनी गरिएको नगर प्रमुख भामको भनाइ छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमाका लागि बिहीबार पत्रकार सम्मेलन गर्दै पत्रकारसँग पनि सुझाव मागिएको थियो । रेडियो मुगुका समाचार प्रमुख खडक सुनारले मुगुमा काम गर्ने पत्रकारलाई नगरपालिकाले निःशुल्क स्वास्थ्य बिमा गरिदिएको भए काममा केही सहज हुने सुझाव दिएका थिए ।

आगामी असार १० गते नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको तथा यसैको तयारीस्वरुप सुझाव सल्लाह संकलन कार्यलाई सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास, वन वातावरण, सेवा प्रवाह र सुशासनका सवालमा आफ्ना सुझाव सल्लाह र राय पेस गर्न सकिने छायाँनाथ रारा नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ६ : २३ बजे

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको

पार्टीभित्रको बहस मिडियामा होइन, कमिटीमै गरौँ : महेश बस्नेत

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्रका असहमति र