दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


८ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

दिनभर आज पुरातन पद्धति अन्त्य नभएसम्म देशमा सुशासन कायम हुँदैन प्रधानमन्त्री प्रचण्डको भनाइ, नागरिकताविहीनले राष्ट्रपतिदेखि सर्वोच्च अदालतसमेतलाई दिए धन्यवाद, आपतकालीन उपचारका लागि तयार रहन स्वास्थ्यकर्मीलाई मन्त्री बस्नेतको निर्देशन, मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको प्रधानमन्त्रीको दाबी,अब वीर अस्पतालका जनरल बेड निःशुल्क लगायतका समाचारले प्रमुख स्थान पाए ।

पुरातन पद्धति अन्त्य नभएसम्म देशमा सुशासन कायम हुँदैन प्रधानमन्त्री प्रचण्डको भनाइ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरातन पद्धति अन्त्य नभएसम्म देशमा सुशासन कायम नहुने बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सरकारी काम म्यानुअल अर्थात् पुरातन पद्धती अन्त्य नभएसम्म देशमा सुशासन कायम नहुने बताएका हुन् । डिजिटल गभर्नेन्सले मात्र भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने उनको भनाइ छ ।

नागरिकताविहीनले राष्ट्रपतिदेखि सर्वोच्च अदालतसमेतलाई दिए धन्यवाद

नागरिकताविहीनले नागरिकता पाउने भएपछि राष्ट्रपतिदेखि सर्वोच्च अदालतसमेतलाई धन्यवाद दिएका छन् । शुक्रबार माइतीघर मण्डलामा भेला भएर उनीहरुले राष्ट्रपति, प्रधानमन्त्रीदेखि सर्वोच्च अदालतलाई धन्यवाद दिएका हुन् ।

बिहीबार सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि नागरिकताविहीनहरुले अब आफूहरुले नागरिकता पाउने भन्दै सबैलाई धन्यवाद दिएका हुन् ।

आपतकालीन उपचारका लागि तयार रहन स्वास्थ्यकर्मीलाई मन्त्री बस्नेतको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आपतकालीन उपचार सेवा प्रदान गर्न तयारी अवस्थामा रहन देशभरिका चिकित्सक र स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्वस्वास्थ्य सङ्गठनको संयुक्त आयोजनामा सुरु भएको आपतकालीन चिकित्सा टोलीको राष्ट्रिय कार्यशाला शुभारम्भ गर्दै उनले देशमा बाढीपहिरोको प्रकोपसँगै विभिन्न सरुवा रोगको सङ्क्रमण पनि बढ्ने खतरा रहेकाले सबै स्वास्थ्य संस्थाले आवश्यक औषधि र उपकरणसहित आपत्कालीन उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।

यथास्थितिमा बजेट पारित गर्न सहयोग नगर्ने नेकपा (एस) को निष्कर्ष

नेकपा एकीकृत समाजवादीले यथास्थितिमा बजेट पारित गर्न नहुने जनाएको छ । सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकपछि उपाध्यक्ष राजेन्द्र पाण्डेले सबैजसो सांसदहरूले यथास्थितिमा बजेट पारित गर्न नहुने धारणा राखेको बताए ।

सचिवालय विघटन गर्न प्रधानमन्त्री प्रचण्डलाई सांसद पाण्डेको सुझाव

सत्तारुढ नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवम् सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो सचिवालय विघटन गर्न सुझाव दिएका छन् ।

‘प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रम’ का लागि एक जना सांसदले गरेको प्रश्नको जवाफसमेत तयार गरिदिन नसक्ने प्रधानमन्त्रीको सचिवालय आवश्यक नभएको उनको टिप्पणी थियो ।

मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको प्रधानमन्त्रीको दाबी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो वर्ष रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको बताएका छन् । साथै यो वर्ष धान बालीका लागि मल अभाव नहुने उनको दाबी छ।

संसद्‌मा भएको प्रश्नोत्तर कार्यक्रममा जनमत पार्टीका सांसद अब्दुल खानले मल अभावबारे प्रश्न गरेका थिए ।

सरकार अल्मलिँदा जनताको मुद्दा ओझेलमा परे : सांसद लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं संसदीय दलका नेता रवि लामिछानेले सरकार अल्मलिँदा जनताको मुद्दा ओझेलमा परेको बताएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा विभिन्न मन्त्रालयअन्तर्गत विनियोजित बजेटमाथिको छलफलमा उनले सरकारले मुलुकको महत्त्वपूर्ण विषय ओझेलमा परेको बताए ।

उनले सरकार मुलुकको महत्त्वपूर्ण कुरामा केन्द्रित रहनेभन्दा पनि सरकार टिकाउनमा बढी अलमलिएको आरोप लगाए । उनले नक्कली भुटानी शरणार्थी प्रकरणका लागि विशेष समितिको माग गरे । सांसद लामिछानेले तरकारीको विषादी परीक्षण गर्न पनि माग गरे ।

काठमाडौँ जिल्ला अदालतमा पूर्वन्यायाधीश गिरीमाथि जुत्ता प्रहार

काठमाडौं जिल्ला अदालतमा पूर्वन्यायाधीश भुवन गिरीमाथि जुत्ता प्रहार भएको छ । अदालतभित्रै पूर्वध्यानाधीश गिरीकी पत्नी आरती गिरीले श्रीमान् भुवनमाथि जुत्ता प्रहार गरेकी हुन् ।

आरतीले भुवनमाथि वैवाहिक बलात्कारको मुद्दा चलाएकी छन् । सोही मुद्दाको पेसी बुझ्न आएका भुवनमाथि आरतीले जुत्ता प्रहार गरेकी हुन् । दुवैजना पेसी बुझ्न काठमाडौं जिल्ला अदालत पुगेका हुन् ।

अब वीर अस्पतालका जनरल बेड निःशुल्क

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले वीर अस्पतालका जनरल बेड बिरामीलाई निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ ।

न्याम्सको कार्यकारी परिषद्को बैठकले शुक्रबारबाटै लागू हुने गरी वीर अस्पतालका ७०० वटा जनरल बेड बिरामीले निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपतिमा डा. बस्नेत नियुक्त

डा.भूपेन्द्र बस्नेत चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिमा नियुक्त भएका छन् ।

न्याम्सका निमित्त उपकूलपतिसमेत रहेका डा बस्नेतलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार उपकुलपतिमा नियुक्त गरेका हुन् ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ८ : ५९ बजे

भारतविरुद्ध अष्ट्रेलियाको रोमाञ्चक जित, म्याक्सवेलको शतक

काठमाडौं – टि–२० सिरिज अन्तर्गत तेस्रो खेलमा अष्ट्रेलियाले भारतविरुद्ध रोमाञ्चक

बागमती र पशुपति क्षेत्रलाई स्वच्छ बनाउन छलफल

काठमाडौं – शिवपुरीदेखि बग्दै आएको बागमती नदी र नदी तटमा

उत्तराखण्डको सुरुङमा १७ दिनदेखि फसेका ४१ मजदुरको सकुशल उद्धार

उत्तराखण्ड – विगत १७ दिनदेखि भारतको उत्तरकाशी सुरुङमा फसेका ४१

कानुनमा साना उद्योग प्रवर्द्धनको व्यवस्था गर्न माग

काठमाडौं– लघु घरेलु तथा साना उद्योगको प्रवर्द्धन गर्न औद्योगिक व्यवसाय

‘केपी ओली कप राष्ट्रिय क्रिकेट’को सेमिफाइनल समीकरण पूरा

कास्की – पोखरामा जारी ‘केपी ओली कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट’