रोशीमा निःशुल्क स्वास्थ्य बीमा « Khabarhub

रोशीमा निःशुल्क स्वास्थ्य बीमा


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

धुलिखेल– काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाका–१ मा एक हजार सात सय ८० नागरिकले निःशुल्क स्वास्थ्य बीमा गराएका छन् । गाउँपालिकाले ६० वर्षभन्दामाथिका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने व्यवस्था मिलाएपछि आर्थिक वर्ष २०७९-८० मा उनीहरु स्वास्थ्य बीमा अभियानसित जोडिएका हुन् ।

गत आर्थिक वर्षमा गाउँपालिकाले निःशुल्क स्वास्थ्य बीमा गर्नका लागि रु ८० लाख विनियोजन गरेको थियो । पहिलो त्रैमासिकमा एक सय ९८, दोस्रो त्रैमासिकमा चार सय ३६, तेस्रो त्रैमासिकमा आठ सय ६ र चाँथो त्रैमासिकमा तीन सय ४० जनाले बिमाका लागि विवरण भरेको रोशी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गङ्गालाल श्रेष्ठले जानकारी दिएका छन् । 

गाउँपालिकाका अध्यक्ष दिनेश लामाका अनुसार पालिकाको पहिलो बैठकले ६० वर्षमाथिका जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेको थियो । पालिकाले यस वर्ष पनि सो अभियानलाई निरन्तरता दिएको छ । यस्तै मातृ तथा नवजात शिशु मृत्युदर घटाउनका लागि ‘सुत्केरी आमा पोषिलो खाना’, निःशुल्क एम्बुलेन्स सेवा, स्वास्थ्यकर्मीद्वारा सुत्केरी घरभेट र ग्रामीण भिडियो एक्स–रे कार्यक्रमका अतिरिक्त बालबचाउ कार्यक्रमलाई निरन्तरता दिने भएको छ । 

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ३ : ४४ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष होइन, विपद् राहत कोष नाम राखौँ : जगदीश खरेल

काठमाडौंं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम फेर्न राष्ट्रिय स्वतन्त्र

रसुवा बाढीबारे सरकारी कामकारबाहीको जानकारी माग

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवा बाढीपछि सरकारले

विद्याको इन्ट्रीले गिजोलियो एमाले पुनर्गठनको बहस

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको ओलीपछिको दोस्रो वरीयतामा इन्ट्री

याङयाङ खोलामा नयाँ गोरेटो बाटो निर्माणः स्थानीयलाई राहत

रसुवा– याङयाङ खोलादेखि तुइनसम्मको गोरेटो बाटो मर्मत तथा निर्माणकार्य सम्पन्न

महाधिवेशन प्रतिनिधिमा गगन सर्वसम्मत हुँदा विश्वप्रकाश निर्वाचनबाट चुनिए

काठमाडौं– गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत महाधिवेशन