रोशीमा निःशुल्क स्वास्थ्य बीमा « Khabarhub

रोशीमा निःशुल्क स्वास्थ्य बीमा


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

धुलिखेल– काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाका–१ मा एक हजार सात सय ८० नागरिकले निःशुल्क स्वास्थ्य बीमा गराएका छन् । गाउँपालिकाले ६० वर्षभन्दामाथिका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने व्यवस्था मिलाएपछि आर्थिक वर्ष २०७९-८० मा उनीहरु स्वास्थ्य बीमा अभियानसित जोडिएका हुन् ।

गत आर्थिक वर्षमा गाउँपालिकाले निःशुल्क स्वास्थ्य बीमा गर्नका लागि रु ८० लाख विनियोजन गरेको थियो । पहिलो त्रैमासिकमा एक सय ९८, दोस्रो त्रैमासिकमा चार सय ३६, तेस्रो त्रैमासिकमा आठ सय ६ र चाँथो त्रैमासिकमा तीन सय ४० जनाले बिमाका लागि विवरण भरेको रोशी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गङ्गालाल श्रेष्ठले जानकारी दिएका छन् । 

गाउँपालिकाका अध्यक्ष दिनेश लामाका अनुसार पालिकाको पहिलो बैठकले ६० वर्षमाथिका जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेको थियो । पालिकाले यस वर्ष पनि सो अभियानलाई निरन्तरता दिएको छ । यस्तै मातृ तथा नवजात शिशु मृत्युदर घटाउनका लागि ‘सुत्केरी आमा पोषिलो खाना’, निःशुल्क एम्बुलेन्स सेवा, स्वास्थ्यकर्मीद्वारा सुत्केरी घरभेट र ग्रामीण भिडियो एक्स–रे कार्यक्रमका अतिरिक्त बालबचाउ कार्यक्रमलाई निरन्तरता दिने भएको छ । 

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ३ : ४४ बजे

साफ महिला क्लब च्याम्पियनसिपः एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भद्रपुर– यहाँको बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन