ब‌गलादेशमा बंगलादेशी र चिनियाँ कामदारबीच झडप हुँदा १५ जना घाइते « Khabarhub

ब‌गलादेशमा बंगलादेशी र चिनियाँ कामदारबीच झडप हुँदा १५ जना घाइते


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


621
Shares
  • change font
  • change font
  • change font

ढाका- बंगलादेशमा रहेको एक निर्माणाधीन ऊर्जा केन्द्रमा बंगलादेशी र चिनियाँ कामदारबीच झडप हुँदा १५ जना घाइते भएका छन् । बंगलादेशको पटुवाखली जिल्लाको धनखली क्षेत्रमा निर्माणाधीन ऊर्जा केन्द्रमा चिनियाँ र बंगलादेशी कामदारबीच झडप भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

ज्यालाका विषयलाई लिएर दुई पक्षबीच उत्पन्न विवाद झडपमा परिणत भएको जनाइएको छ । झडपका क्रममा ऊर्जा केन्द्रका सवारी साधन र कार्यालयमा तोडफोडसमेत भएको थियो ।

उक्त निर्माणाधीन ऊर्जा केन्द्रले कोइलाबाट १३२० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ । झडपका क्रममा चार जना बंगलादेशी कामदार गम्भीर घाइते भएको बंगलादेशको राजधानी ढाकाबाट प्रकाशित हुने न्यू एज अखबारले जनाएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ७ : १९ बजे

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ

पर्यटकलाई दुःख दिने १२ जना पक्राउ

काठमाडौं – प्रहरीले पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १२

कुलमान र बालेनसँगको सहमति नयाँ शक्तिको निर्माणको प्रारम्भिक कदम: डीपी अर्याल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले पार्टी

निर्वाचनको वातावरण बनाउन सञ्चारमन्त्री खरेलको आग्रह

गोरखा – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गण्डकी प्रदेशका