एक क्विन्टल सुन तस्करी प्रकरण : पक्राउ परेका ६ जनालाई ६ दिन थुनामा राख्न अनुमति « Khabarhub

एक क्विन्टल सुन तस्करी प्रकरण : पक्राउ परेका ६ जनालाई ६ दिन थुनामा राख्न अनुमति


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- झन्डै एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका छ जना भन्सार कर्मचारी र एजेन्टमाथि थप अनुसन्धान गर्न आज उच्च अदालत पाटनले ६ दिनको म्याद दिएको छ ।

राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले पक्राउ परेका भन्सार अधिकृत सन्तोष चन्द, जाँचकी कुमार ढकाल, एक्स–रे अपरेटर सरोज श्रेष्ठ तथा भन्सार एजेन्टहरु सुदर्शन गौतम, रुकमेणा सुब्बा र यादव पराजुलीमाथि अनुसन्धान गर्न उच्च अदालत पाटनबाट ६ दिनको म्याद लिएर अनुसन्धान थालिएको जानकारी दिए ।

उनीहरुलाई विभागले आजै पक्राउ गरेको थियो । यसअघि सुन बरामद भएकै दिन गत बुधबार पक्राउ परेका छ जनामाथि १० दिन र त्यसको अर्को दिन पक्राउ परेका चारजनामाथि नौ दिनको म्याद थप गरी अनुसन्धान थालिएको थियो ।

नौ दिन म्याद थप भएकाहरूमा चिनियाँ नागरिक जेयुङ लिनसहित कार्गो कम्पनीका सञ्चालकहरू राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ र पुष्करराज भट्ट रहेका छन् ।

यस्तै १० दिन म्याद लिएर अनुसन्धान जारी रहेकाहरुमा सुन ओसारपसारमा संलग्न गराइएको ट्याक्सीका चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, सुन ल्याउने कम्पनी रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगीहरू हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल रहेका छन् ।

यही साउन ३ गते बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको अपरेसनमा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएका बेला भन्सार कार्यालय अगाडिबाट विभागले झन्डै एक सय किलो सुन बरामद गरेको थियो ।

हङकङबाट ल्याइएको उक्त सुनको परीक्षण र तौल लिनका लागि नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा पठाइएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ९ : २८ बजे

जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ– राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले जेनजी सहिदको स्मृतिमा दीप प्रज्वलन

यी हुन् नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीका ११० जना उम्मेदवार

काठमाडौँ– फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको

सशस्त्रका डीएसपी कोइरालाको निधन

कााठमाडौँ – इलामको सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी

सिकार खेल्न गएका ६ मध्ये एकजनाको गोली लागेर मृत्यु, पाँचजना पक्राउ

सुर्खेत- यही पुस १३ गते जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट

वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको मस्तिष्कको दुर्लभ शल्यक्रिया

काठमाडौं- वीर अस्पतालले १०३ वर्षीया वृद्धाको सफल मस्तिष्क शल्यक्रिया गरी