जब उनले लाइन क्रस गरिन्, हातले दुवै मुख छोपिन्। उनको आँखा स्कोर वार्डमा थिए। उनी आफै आश्चर्यमा थिइन्। अक्क न बक्क खुसीले केही बोल्नै नसक्ने अवस्थामा उनी थिइन्।
महिला स्प्रिन्टमा सन् २००८ देखि जमैकाको एकलौटी दबदबा भङ्ग गर्दै उनले महिला १ सय मिटरको उपाधि जितेकी थिइन्। हंगेरीको बुढापेस्टमा जारी विश्व एथलेटिक्स च्याम्पियनसिपको तेस्रो दिन अमेरिकी धाविका साकारी रिचर्डसनका लागि विशेष थियो।
पोडीयममा साकारीले स्वर्ण पदक ग्रहण गर्दा पोडीयममा तीनै सानी अल फ्रेजीयरले कास्य पदक थापी रहेकी थिइन्। जसका हरेक दौड सम्भव भएसम्म हेरेर उनले बाल्यकालका धेरै समय बिताएकी थिइन्। पाँच पटककी विश्व च्याम्पियन फ्रेजीयर यस पटक उपाधि जित्दै सर्गेइ बुक्काको ६ पटक एउटै स्पर्धाको विश्व च्याम्पियन हुने कीर्तिमानको बराबरी गर्ने दाउमा थिइन्। रेसमा दोस्रो स्थानमा थिइन्, जमैकाकी अर्की भेट्रान सारिका ज्याक्सन।
सेमिफाइनलमा आफ्नो हिटमा शीर्ष दुईमा नपरी फाइनलमा विजेता हुने पहिलो धाविका बन्न रिचर्डसन सफल भएकी हुन्।
उनको १० दशमलव ६५ सेकेन्डको समय च्याम्पियनसिप रेकर्ड पनि हो। दोस्रो दिन अमेरिकी नोह लायसले पुरुषको १ सय मिटरको उपाधि जितेका थिए। ग्लोबल प्रतियोगितामा अमेरिकी महिला तथा पुरुष दुवैले पहिलो स्थान पाएको सन् २००५ मा हेलसिन्कीमा भएको विश्व च्याम्पियनसिप पछि पहिलो पटक हो। कुनै समयमा अमेरिकाका जस्टिन ग्याटलीन र लाउरेन विलियम्सले उपाधि जितेका थिए।
सन् २००७ देखि महिला स्पर्धामा जमैकाको दबदबा थियो। सन् २०१२ को लन्डन ओलम्पिक अमेरिकी स्प्रिन्टर केटलील जेटरले उपाधि जित्ने अनुमान गरिए पनि उनी पनि सफल भएकी थिइनन्। यस वर्षको विश्व च्याम्पियनसिप जस्तै अर्को वर्ष पेरिसमा हुने ओलम्पिक पनि त्यस्तै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।
जमैकाका स्टारसहित यस च्याम्पियनसिपमा चौथो स्थानमा रहेकी आइभोरी कोस्टकी मारिया जोसेफ टलाउको पनि रिचर्डसनले चुनौतीको सामना गर्नुपर्ने हुन्छ। यस फाइनल भन्दा अघि उनले यस वर्ष पराजयको सामना गरेकी थिइनन्। रिचर्डसन रहेको सेमिफाइनल हिटमा टलाउ पहिलो भएकी थिइन्।
सेमिफाइनलमा अत्यन्त कमजोर सुरुवात गरेकी रिचर्डसनले मुस्किलले तेस्रो स्थान पाउँदै फाइनलको यात्रा तय गरेकी हुन्। सेमिफाइनल र फाइनलको बिचमा उनको प्रशिक्षकसँग १० मिनेट वार्ता भएको थियो। त्यसै वार्ता फाइनलमा सुरुवाती समयका लागि पर्याप्त भएको थियो। फाइनलमा पनि रिचर्डसन आधा भन्दा बढी दुरी तय गर्दा अन्य धेरै जना भन्दा पछि थिइन्। तर त्यो ग्याप उनको तेज गतिले पुरा गरेको थियो।
यस अघिका उनको दुई वर्ष धेरै आरोह र अवरोहले भरिएका थिए। सन् २०२१ को टोकियो ओलम्पिकमा रिचर्डसन अमेरिकी छनोटमा पहिलो भएकी थिइन्। तथापि भाङ सेवन गरेका कारण उनी डोपिङमा असफल हुँदै प्रतिबन्धित भइन्। उनले पारिवारिक तनावका कारण भाङ सेवन गरेको बताएकी थिइन्। त्यसपछि चोटसँग सङ्घर्ष गरीरहेकी उनी सन् २०२२ को विश्व च्याम्पियनसिपमा छनोट नै भइनन्।
दुई सय मिटरमा परिचित धावक लायसका लागि पनि यो विश्व च्याम्पियनसिप त्यत्तिकै महत्त्वपूर्ण बनेको छ। एक सय, दुई सय र रिलेको स्वर्ण पदक जित्ने घोषणासहित विश्व च्याम्पियनसिपमा सहभागी उनले दुई सय मिटरमा त महान् स्टार युसने बोल्टको नाममा रहेको विश्व कीर्तिमानसमेत भङ्ग गर्ने अनुमान गरिएको छ।
सन् २०२१ को ओलम्पिक खेलकुद अमेरिकी एथलेटिक्सका लागि सबै भन्दा दुखद र बिर्सन लायक थियो। त्यो ओलम्पिकको पीडा बिर्साउँदै अमेरिकी टोली सन् २०२२ र २०२३ को ओलम्पिकमा बेजोड देखिएको छ। मध्यम तथा लामो दुरीका साथै पुरुषको थ्रोमा कमजोर अमेरिकाको स्प्रिन्ट पुनरागमन यस विश्व च्याम्पियनसिपका केही महत्त्वपूर्ण पाटा बने। अझै केही चुनौती बाँकी रहेका छन्।
सन् २०२१ को टोकियो ओलम्पिकदेखि दबदबा राखेकी एथिङ मुका लागि यस पटक बेलायतकी केली कडगीन्सन र केन्याका केरी मोरा मुख्य चुनौती हुनेछन्।
अझ केही दिन हंगेरीको बुढापेस्टमा संसारका नाम चलेका एथलेटको भिडन्त हुनेछ। यस भिडन्तमा अमेरिकी हर्डल्सको जत्थामा विश्व कीर्तिमान धारी नाइजेरियाकी टोरी अबुस्कान मुख्य चुनौती हुनेछिन्।
गत वर्षको विश्व च्याम्पियनसिपका उनले १२ दशमलव १२ सेकेन्डको कीर्तिमान कायम गरेकी थिइन्। यस सिजनमा उनको उत्कृष्ट समय १२ दशमलव ३१ सेकेन्ड छ।
अन्य अमेरिकी माराइ रसेलले यस वर्ष १२ दशमलव ३६ सेकेन्डमा रेस पुरा गरीसकेकी छिन्। यसैगरी केन्द्रा हेरिसनले १२ दशमलव ३१ तथा निया अलीले १२ दशमलव ३० सेकेन्ड समयका दुरी तय गरेका छन्।
टोकियो ओलम्पिककी स्वर्ण पदक विजेता प्युरेटीकाकी जस्मिन कमाचो क्वीनले यो वर्ष १२ दशमलव ३१ सेकेन्ड समयका साथ दुरी तय गरेकी छिन्।
भेट्रान अलीले दोहाको विश्व च्याम्पियनसिपमा जितेको समयमा सुधार गरेकी हुन्। यस वर्षको जुलाईमा मोनाकोमा भएको डायमन्ड लिगमा सानदार लयमा रहेकी अलिको सो पहिलो डायमन्ड लिग उपाधि थियो कमाचो क्वीनले थुप्रै डायमन्ड लिगको उपाधि जिती सकेकी छिन्। हेरिसनले यस अघि टोकियो ओलम्पिक र सन् २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेकी थिइन्।
जहाँसम्म अमेरिकाको प्रिन्टमा दबदबाको कथा छ। ८० र ९० को दशकको चर्चा सधैँ हुने गरेको छ। सन् ८० को दशकका कार्ल लुइस फेलारेन्स ग्रीफ्थ जोयनरलको चर्चा अहिले पनि हुने गरेको छ।
जोयनरले सन् १९८८ मा फ्लोरेन्सले राखेको १ सय मिटरको १० दशमलव ४९ तथा २ सय मिटरमा २१ दशमलव ३४ सेकेन्डको विश्व कीर्तिमान अझै कायम छ।
फ्लोरेन्सले १ सय मिटरमा कीर्तिमान ओलम्पिकका लागि भएको अमेरिकी छनोटमा कायम गरेकी थिइन्। टोकियो ओलम्पिककी स्वर्ण पदक विजेता एलेन थोम्सन हेराथले सो कीर्तिमान भङ्ग गर्ने बताए पनि अहिले उनको ट्र्याक एन्ड फिल्डमा खासै प्रभाव छैन।
सन् १९८४ मा आफ्नै सहर लस एन्जलसमा भएको ओलम्पिकमा उनले २ सय मिटरमा रजत पदक जितेर एथलेटिक्सको दुनियाँमा उपस्थिति जनाएकी थिइन्। लामो औलामा रङ पोत्ने उनको आदतका कारण धेरै जसो उनी ग्ल्यामरस खेलाडीको रूपमा परिचित थिइन्।
सियोल ओलम्पिकमा उनले एक सय मिटरमा स्वर्ण पदक पाइन् भने दुई सय मिटरमा दुई पटक विश्व कीर्तिमान भङ्ग गर्दै स्वर्ण पदक जितिन्। दुवै रिलेमा सहभागी उनले चार गुणा १ सय मिटरमा स्वर्ण तथा चार गुणा चार सय मिटरमा रजत पदक जितिन्। ती दबदबा युक्त धाविकाको सुतीरहेको स्थानमा नै ३८ वर्षको उमेरमा निधन भएको थियो।
त्यसपछि विभिन्न समयमा अन्य धाविकाले अमेरिकी प्रभाव देखाए पनि यो प्रभाव सन् २००७ पछि जमैकाको उदयसँगै ध्वस्त भएको थियो। पुरुषतर्फ पनि अमेरिकी साख सन् २००८ मा युसेन बोल्टको उदयसँगै भत्किएको थियो।
संयोग बस अन्य एक से एक स्प्रिन्टरको उदय जमैकामा भए पनि अमेरिका कमजोर साबित भएको थियो। बोल्टको सन्यासपछि फेरि अमेरिकी पुरुष स्प्रिन्ट जत्था जुरमुराएको थियो भने महिला जत्था पनि फेरी जुरमुराएको छ। त्यसो त एलीसन फेलिक्स र सान्या रोचर्ड रोसले सन् २०१० को दशकमा दुई सय तथा चार सय मिटरमा सफलात दिलाए पनि महत्त्वपूर्ण सफलताको युग सुरु भएको छ।
जसमा साकारी एउटा नायिका भएकी छिन् भने दुई सय मिटरमा ग्राबियल थोमस, चार सय मिटरमा सिड्नी म्याकगाउलीन तथा आठ सय मिटरमा एथिङको मुको प्रभाव लामो समय हेर्न लायक हुनसक्छ। भलै म्यागकाउलीनले सामान्य चोटका कारण यो विश्व च्याम्पियनसिपमा सहभागिता जनाएकी छैनन्।
स्रोतः सीबीसी स्पोर्ट्स, ओलम्पिक, वर्ल्ड एथलेटिक्स
प्रतिक्रिया